‘अञ्जिला’ फिल्म प्रचारप्रसार पोखरामा

‘अञ्जिला’ फिल्म प्रचारप्रसार पोखरामा

481470277_1054915676680425_1009367686931044614_n

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा अभिनित फिल्म ‘अञ्जिला’ फागुन २९ गतेदेखि प्रदर्शनमा आउँदै छ ।

मंगलबार पोखरा आइपुगेको ‘अन्जिला’ फिल्म निर्माता टिमले पत्रकार सम्मेलन गर्दै नेपाली राष्ट्रिय महिला फुटबलकी कप्तान तथा गोलकिपर एन्जिला तुम्बापो सुब्बा अभिनित फिल्म ‘अञ्जिला’ फागुन २९ देखि देशभर प्रदर्शनमा आउने बताएको छ ।फिल्म निर्देशक मिलन चाम्सले ‘अञ्जिला’ फिल्मले जीवन केःहो भन्ने बुझाउने बताउँदै बच्चाहरुलाई समेत फिल्म देखाउन आवश्यक रहेको बताए ।

‘अञ्जिला चलचित्र एकपटक फिल्म हलमा पुगेर हेरिदिनुस्, यो फिल्म बच्चाहरुलाई लगेर देखाउनुस्, यसले जीवन केःहो भन्ने बुझाउँछ’, निर्देशक चाम्सले भने, ‘यो चलचित्र एउटा चलचित्र मात्र नभएर प्रेरणाको स्रोत बन्न सक्छ भन्ने आशा लिएको छु, यो चलचित्र सफल भए अन्य खेलाडीहरुको समेत बायोपिक बनाउछु ।’

निर्देशक चाम्सले कसैको बायोपिक बन्न बुढो हुनपर्छ परम्परा तोड्न पनि ‘अञ्जिला’ चलचित्र निर्माण गरेको दावी गरे ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ