इटहरी । जाउँ है पोखरा र जाउँ है कोशी भन्दै मंगलबार सुनसरीको इटहरीमा संयुक्त कार्यक्रम सम्पन्न भएको छ ।
जाउँ है पोखरा अभियान लिएर पूर्व पुगेको होटल संघ पोखरा नेपालको टोलीलाई सुनसरी र बिर्तामोडमा स्वागत गरिएको थियो । नेपाल सरकारले कोशी प्रदेश पर्यटन वर्ष २०८२ घोषणा गरेको र भिजिट पोखरा इयर २०२५ पनि चलिरहेको सन्दर्भमा पूर्व र पोखराका ब्यबसायी हातेमालो गरेर अगाडि बढ्न एकमत देखिएका छन् ।
घुमौं कोशी भन्दै इटहरी उद्धोग वाणिज्य संघ र जाउँ है पोखरा भन्दै होटल संघ पोखरा नेपालले इटहरीमा संयुक्त कार्यक्रम आयोजना गरेका थिए । विगतमा पोखरा र भद्रपुर जोड्ने गरि सुरु भई स्थगीत हुन पुगेको हवाई उडान सेवा पुन: सुचारु गर्नु पर्ने सुझाव दुबै कार्यक्रममा पूर्वका ब्यबसायीले राखेका थिए ।
कोशी प्रदेशका पर्यटन, बन तथा वातवरण मन्त्री षडानन्द मण्डलले पर्यटन प्रबर्द्धनमा मिडियाको भूमिका अहं हुने भनाई राखे । होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुबेदीले पोखराले पर्यटनमा कसरी प्रगती गर्न सफल भयो भन्ने विषयमा अनुभव बाँडे ।
कोशी प्रदेशका सांसद मिना श्रेष्ठले कोशीमा विश्वको अग्लो सगरमाथादेखी नेपालको होचो स्थान रहेको स्मरण गराउँदै पर्यटनका लागि प्रबर्द्धन जरुरी भएको भनाई राखिन् । इटहरी उद्धोग वाणिज्य संघका अध्यक्ष जीवन पराजुलीले पूर्वका पर्यटकीय सम्पदाको प्रचारप्रशार जरुरी भएको भनाई राखे । पोखरा पर्यटन परिषद्का विज्ञ सल्लाहकार दिपेन्द्र पहारीले पोखराका पर्यकीय सम्पदाका बारे जानकारी गराउँदै उपस्थित सबैलाई धन्यवाद दिए ।
यसैगरी मंगलबार नै बिर्तामोडमा आयोजित कार्यक्रममा बिर्तामोड नगरपालिकाका कार्यबाहक प्रमुख नगेन्द्रप्रसाद संग्रौलाले झापाका पर्यटकीय सम्पदा र सेवा सुविधाका बारे अवगत गराएका थिए । विविध जातजाती, उनीहरुको पहिरन र खानाका हिसावमा झापा र सिंगो कोशी प्रदेश धनी रहेको उनले स्मरण गराए ।
आयोजक संघका अध्यक्ष सुवेदीले नेपाल आउने पर्यटक मध्ये ४० प्रतिशत पर्यटक पोखरा पुग्ने गरेको जानकारी दिंदै अहिले पोखराको पर्यटनमा आन्तरिक पर्यटकको हिस्सा पनि ४० प्रतिशत हाराहारी नै रहेको अवगत गराए । नेपालमै पहिलोपटक पोखरामा बलुन फेस्टिभल सफलतापूर्वक सम्पन्न भएको उनले जानकारी गराए ।आन्तरिक पर्यटकलाई पोखरेली पर्यटनकर्मीले ठूलो महत्व दिएको भन्दै उनले पूर्वका बासिन्दालाई पोखरा भ्रमणका लागि आग्रह गरे ।
कार्यक्रममा कतिपय सहभागीले पोखराले वातावरण र प्राकृतिको संरक्षणमा जोड दिनुपर्ने सुझाव राखेका थिए । झापा र सिंगो कोशी प्रदेशका धार्मिक, पर्यटकीय र सांस्कृतिक सम्पदाका बारेमा समेत सो अवसरमा अवगत गराइएको थियो । झापाका पर्यटकीय क्षेत्रको भ्रमण गर्न झापाका ब्यबसायीले पोखरेली ब्यबसायीलाई आव्हान गरेका थिए । उनीहरुले झापाबाट पोखरासम्म स्तरीय बस सेवा संचालन र पहिला सुरु गरि हाल स्थगित रहेको हवाई सेवालाई पुन: सुचारु गर्नु पर्ने सुझाव पनि राखे ।
सो अवसरमा कोशी भ्रमण वर्ष २०८२ का सहसंयोजक भविषकुमार श्रेष्ठ, होटल ब्यबसायी संघ झापाका अध्यक्ष इन्दिरा श्रेस्ठ, नेपाल उद्धोग वाणिज्य महासंघका केन्द्रिय सदस्य भीष्म खरेल, बन्दिपुर केवलकार प्रालिका उपाध्यक्ष किरण पोखरेल र नेपाल पत्रकार महासंघ झापाका उपाध्यक्ष सुब्रत न्यौपानेले भनाई राखेका थिए ।
कार्यक्रममा संघका उपाध्यक्ष गणेशराज पहारीले अभियानबारे जानकारी दिंदै उपस्थित सबैलाई स्वागत गरेका थिए । कार्यक्रमको संचालन संघका सचिव पार्वता पाण्डेले गरेकी थिइन् । नेपाल पर्यटन बोर्ड गण्डकीले जाउँ है पोखरा अभियानको प्रबर्द्धन गरेको छ ।
सम्बन्धित खबर
पर्वतीय सङ्ग्रहालयलाई पोखरा भ्रमणको मुख्य गन्तव्यमा समेट्नुपर्नेमा जोड
“जाउँ है पोखरा” अभियानको अन्तरक्रिया बर्दिबासमा
कोशी प्रदेशमा पोखराको पर्यटन प्रवर्द्धन
चैत तेस्रो सातादेखि पोखराबाट ल्हासामा नियमित उडान हुँदै
आपसी सहकार्यमा जनकपुर र पोखराका व्यवसायीको जोड
डेभिज फल्स पोखरा महानगरले नै चलाउने
यो पनि पढौँ
को हुन् पीएनमा अनेरास्ववियुबाट स्ववियु अध्यक्ष उम्मेद्वार बनेका विष्णु ?
बीमा रकमका लागि पोखरामा फेरि आफ्नै पसलमा आगो ! पसल सञ्चालक पक्राउ
पोखरा कोटीहोम विवादः भूमिपूजन गरेपछि नगर प्रहरी र आयोजकबीच झडप [तस्वीरहरू]
पोखराको कोटीहोम रोक्न विश्व हिन्दु महासङ्घको माग