स्याङ्जाको वालिङ् खेलमैदानमा यहि फागुनदेखि प्रथम पिंक सिटी महोत्सव कप हुने भएको छ ।
वालिङ चेम्बर अफ कमर्सद्वारा ‘आर्थिक सामाजिक सम्पन्न समाज, समृद्ध वालिङ’ भन्ने मुल नाराका साथ आयोजित प्रथम पिंक सिटी महोत्सव – २०८१ को अवसरमा यहि फागुन २५ देखि चैत्र २ गतेसम्म स्याङ्जा जिल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको हो ।
यस प्रतियोगितामा पालिका बाहिरका तीनजना खेलाडी समावेश गर्न पाइने खेल संयोजक उमराज गुरुङले जानकारी दिए ।
प्रतियोगिताका विजेता टिमले नगद एक लाख ५५ हजार रुपैयाँका साथमा कप, मेडल र प्रमाणपत्र हात पार्नेछ भने उपविजेताले नगद एक लाख ५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछ ।
त्यस्तै, प्रतियोगितामा तेस्रो हुने टिमले ५५ हजार र चौथों हुनेले ३० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाउनेछन् ।
प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी मध्ये व्यक्तिगत विधातर्फ सर्वोत्कृष्ट खेलाडीलाई पाँच हजार रुपैयाँ नगद र बेस्ट स्पाइकर, बेस्ट सेटर, बेस्ट सर्भर, बेस्ट ब्लकर र बेस्ट डिफेन्डरलाई ३/३ हजार रुपैयाँ नगद प्रदान गरिने खेल संयोजक गुरुङले बताए ।
सम्बन्धित खबर
यस वर्षको जाउँ है पोखरा अभियान आरम्भ
बागलुङ नगरपालिकाले वितरण गर्यो किसानलाई अनुदानमा मौरीसहितका घार
अज्ञात रोगले बङ्गुर मर्न थालेपछि बागलुङका किसान चिन्तित
पोखरामा एक वर्षभित्र जलन उपचार अस्पताल बनाउँछौं : मेयर आचार्य
सातौं संस्करणको स्याङ्जा महोत्सव सम्पन्न
आगलागीबाट एक घरमा क्षति
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
बाइकमा बाँधेर कुकुर घिसार्ने पोखरा पुम्दीभुम्दीका खुशीराम पक्राउ
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
बरिष्ठ बालरोग विशेषज्ञ डा. बास्तोला ‘प्रमुख कन्सल्टेण्ट पेडियाट्रिसियन’ पदमा बढुवा