जेन–जी नेपाली भाषालाई माया गर्छन्

जेन–जी नेपाली भाषालाई माया गर्छन्

zenji

पोखरा । आरोप के छ भने अहिलेका नेपाली जेन–जीले नेपाली पुस्तक पढ्दैनन् र नेपाली भाषा, पुस्तक प्रति उनीहरुको मोह छैन । हुन पनि विद्यालय तहबाट उनीहरुलाई नेपाली होइन, अंग्रेजी भाषामा लगाव लाग्ने गरी शिक्षा प्रदान गरिन्छ । विद्यालयमा नेपाली भाषा बोले मात्रै जरिवाना स्वरुप जरिवाना तिनुपर्ने बाध्यतामा उनीहरु छन् । त्यसैले भाषागत त्रुटि हुनु जेन–जीका लागि कुनै नौलो विषय होइन ।

‘खासमा मैले नेपाली भाषाको पुस्तक पढेकै छैन, हाम्रो हुर्काई त्यही संस्कारमा भयो, विद्यालयमा नेपाली बोलेको भेटियो भने १ सय रुपैयाँ जरिवाना स्वरुप तिर्नुपथ्र्यो, अंग्रेजीलाई प्राथमिकतामा राखिसकेपछि हामीले त्यही सिक्यिौं,’ पोखरामा जारी १२ औँ एनसेल फाउन्डेसन लिटरेचर फेस्टिभलमा वक्ताका रुपमा रहेका रिन्चेन तामाङ भन्छन्, ‘त्यसैले होला, म आफैं नेपाली साहित्यसंग त्यति नजिक हुन सकिन, हालसालको कुरा गर्ने हो भने नारायण ढकालको पुस्तक पढ्दैछु, अब बानी पर्दै जान्छ कि जस्तो लाग्छ ।’

रिन्चेन आदिवासी जनजातिको समुदायबाट प्रतिनिधित्व गर्छन् । तर उनलाई आफ्नै समुदायको विषयमा कुनै जानकारी छैन । नेपाली पुस्तक कम पढ्ने उनलाई यो समुदायको पुस्तक छैन होला जस्तो लाग्छ । ‘आफ्नै समुदायको विषयमा जानकारी भएपनि अन्य आदिवासी समुदायको विषयमा भने जानकारी छैन ।’ उनी भन्छन्, ‘बल्ल त नेपाली पुस्तक पढ्ने बानी बसाल्दै छु, अब आफ्नो समुदायको विषयमा पनि खोजी गर्ने कोसिस गर्ने छु ।’ आफूहरु इन्टरनेटसंगै जन्मिएर हुर्किएकाले पनि यसमा समस्या भएको हुन सकने रिन्चेन बुझ्छन् आजभोलि ।

आइतबारसम्म जारी रहने फेस्टिभलका क्रममा शनिबार ‘के पढ्दै छ जेन जी ?’ शीर्षकको सेसनमा अहिलेको जेन–जी पुस्ताका अभिनय चौहान, ऊर्जा आचार्य, रिन्चेन तामाङ र त्रिवेणी वक्ताका रुपमा सहभागी बने भने सहजकर्ताका रुपमा सन्तोष परियार । जेन–जीलाई के कस्ता पुस्तकमा रुचि छ भन्ने विषयमा गहन छलफल पनि भयो यो सेसनमा । यही पुस्तालाई प्रतिनिधित्व गर्नेमध्ये त्रिवेणी एक हुन् । अलि अगाडिका पुस्ता जेन–जी पुस्तालाई अराजक, नैतिकता नभएको र भल्गर छन् भनेको उनलाई खासै मन नपर्ने रहेछ ।

‘हामी अराजक होइन, सोच्न सक्छौं ।’ त्रिवेणी भन्छन्, ‘उहाँहरुलाई हामी भल्गर, नैतिकताविहीन र अराजक लाग्छ भने त्यसमा हामीभन्दा पहिलेका पुस्ताको केही गल्ती छ, किनभने हामीले क्रान्ति चाहेका थियौं, त्यो हुन सकेन ।’ उनलाई लाग्छ पढ्ने भनेको यत्तिकै हुँदैन, वातावरण हुनुपर्छ हरेक व्यक्तिका लागि । तर नेपालमा कतै पढ्ने वातावरण नभएको उनले प्रत्यक्ष अनुभव गरेका छन् । उनले यसमा आफैंले गरेको अनुभव सुनाए । एकदिन उनी कुनै विश्वविद्यालयको पुस्तकालयमा गएछन् । त्यहाँ इतिहासका कुरा देखेर पढ्न थाले । ‘मलाई नेपालमा यस्तो इतिहासको विषयमा लेखिएका पुस्तक पाइदैन होला भन्ने लागेर पढेको थिएँ, पढ्दापढ्दै राति ११, ११ः३० बजिसकेछ, पछि मलाई सोही विश्वविद्यालयको गाडीले म बस्ने स्थानसम्म पु¥याइदियो ।’ उनी भन्छन्, ‘नेपालमा यस्तो तपाईले कतै देख्नुभएको छ ? सायद पढ्ने यस्ता वातावरण भएको भए हाम्रो पुस्ताले नेपाली पुस्तक पढ्नमा जोड दिन्थे कि ?’

यता उर्जा आचार्यको समेत त्रिवेणीको भन्दा फरक सोचाइ छैन । पढ्ने वावावरण नहुनु एउटा कारण हो भने, जेन–जी पुस्ता पुस्ताले चाहेको जस्तो पुस्तक पाउन गाह्रो छ । उनीहरुको रुचि र चाहनालाई बुझ्न नसक्दा अहिलेका पुस्ताले नेपाली पुस्तक अध्ययन नगर्ने उनले बुझेकी छिन् । उर्जा आफैंले कमै नेपाली पुस्तक पढ्छिन्, त्यसमध्ये कुमार नगरकोटी उनको रोजाईमा पर्छन् । इतिहास भन्ने विषय जसले विजयी हासिल गरेको छ, उसैको मात्र लेख्न गरिन्छ । जेन–जीलाई भने इतिहासको विषयमा कम रुचि भएको उनले बताइन् । एउटा त इन्टरनेट र प्रविसिंगै जन्मिएका पुस्ता भएको र अर्को इतिहास पूर्ण रुपमा नपढाइने भएकाले समस्या हुने उनले बताइन् ।

जेन–जीको पुस्तालाई दुख लाग्ने खालको पुस्तकभन्दा अलि रमाइलो र मनोरञ्जन प्रदान गर्ने खालका पुस्तक मन पर्ने उनले बताइन् । आफूहरुलाई लाग्ने नेपाली भाषाको विषयमा जानकारी नभएको आरोप गलत भएको उनको बुझाई छ । ‘हाम्रो पुस्ताले अंग्रेजी भाषलाई बढी प्राथमिकता दिएको साँचो हो । तर हामी पनि नेपाली भाषालाई माया गर्छौं ।’ सेसनमा उनले भन्छिन् ।
पढाई भनेको किताबको शब्द मात्रै पढ्ने होइन, सिकाई पनि हो । अहिले किताबका रुपमा इन्टरनेटमा पनि आवाजका रुपमा किताब उपलब्ध छन् । त्यसैले होला अभिनय चौहान जसले जेन–जी पुस्ताको प्रतिनिधित्व गर्छन्, उनलाई पनि लाग्छ, यो पुस्ताले इन्टरनेटको माध्यमबाट बढी जानकारी पाइरहेका छन् ।

‘नयाँ कुरा सिक्न सकिएन भने जीवनको मुल्य हुँदैन, सिक्नु पर्छ, चाहे त्यो पुस्तकबाट होस् या इन्टरनेटबाट ।’ उनी भन्छन् । धेरैको गुनासो जेन–जी सोच्दैनन्, र इतिहासको पुस्तकमा पूर्ण जानकारी राख्दैनन् । यो पुस्तालाई भने यो आरोप गलत लाग्छ । ‘उदाहरणका लागि सगरमाथा नेपालको मात्रै होइन भन्यो भने हामी सबै रिसाउँछौं । तर यो सत्य हो, यसलाई नेपाल र चीन दुवैले प्रयोग गर्छन् ।’
चौहान भन्छन्, ‘हामीलाई पहिलेका पुस्ताले अलि भावुक र भावनामा डुब्ने बनाए कि भन्ने पनि लाग्छ ।’ पछिल्लो समय नकारात्मकतातर्फ समाज उन्मुख रहेको र जेन–जी पुस्ता त्यसबाट अछुतो रहन नसकेको उनले बताए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ