विराटनगर । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान मुबारक महिना आजदेखि सुरु भएको छ । एक महिनासम्म चल्ने यो पर्वमा मुसलमानहरू दिनमा निराहार बस्छन् ।
रोजा बस्न मुसलमानहरूको उर्दू क्यालेण्डरअनुसार सूर्याेदयभन्दा पहिले अर्थात् बिहानको नमाज पढ्नु अगावै केही खानेकुरा खाई प्रारम्भ हुने रोजा बेलुकाको नमाज (मगरिब)को आजान सुनेर खोल्ने चलन छ ।
निराहार बस्नुलाई रोजा भनिन्छ । रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समयतालिका पनि परिवर्तन भइरहन्छ । रोजा बस्न बिहान तोकिएको समयअगावै र बेलुका तोकिएको समयपछि आहार लिने गर्दछन् ।
उर्दू क्यालेण्डर अनुसार हिजरी संवत्को रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानहरूको सबैभन्दा ठुलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ ।
दान दिनु गरिब र दीनदुःखीको सेवा गर्नु, जकात निकाल्नु यो महिनाको विशेषता हो । व्रत बस्न आज साँझ मुसलमानहरूले चन्द्रमा हेर्ने गर्छन् ।
शरीरलाई चोखो राखेर मात्र रोज बस्नुपर्ने मान्यता छ । त्याग, तपस्या र बलिदान सबै जोडिने यो पर्वमा मुसलमानहरु रोजा बस्नुलाई गर्व मान्दछ । नबालक, बिरामी, घातक रोग लागेका र गर्भवतीलाई रोजा बस्न अनिवार्य छैन ।
सम्बन्धित खबर
तराई–मधेसमा आज होली पर्व मनाइँदै
आज हिमाली र पहाडी भेगमा फागु अर्थात होली पर्व मनाइँदै
पोखराको कोटीहोम रोक्न विश्व हिन्दु महासङ्घको माग
कुखुरामा ब्याक्टेरिया र भाइरसको समस्या
इस्लाम धर्मावलम्बीको पर्व रमजान आजदेखि
आज शेर्पा समुदायले ग्याल्पो ल्होसार मनाउँदै
यो पनि पढौँ
को हुन् पीएनमा अनेरास्ववियुबाट स्ववियु अध्यक्ष उम्मेद्वार बनेका विष्णु ?
पिएनको स्ववियु अध्यक्षमा संयुक्त प्यानलबाट सन्तोष उम्मेदवार, को हुन् सन्तोष पौडेल ?
बीमा रकमका लागि पोखरामा फेरि आफ्नै पसलमा आगो ! पसल सञ्चालक पक्राउ
पोखरा कोटीहोम विवादः भूमिपूजन गरेपछि नगर प्रहरी र आयोजकबीच झडप [तस्वीरहरू]