राजेन्द्र सापकोटाको ‘उठ्ने बेलाको’ गीतले दर्शक श्रोताको मन जित्दै

गीत संगीत

राजेन्द्र सापकोटाको ‘उठ्ने बेलाको’ गीतले दर्शक श्रोताको मन जित्दै

Screenshot 2025-03-01 184555

पोखरा । लोकगीत र मौलिक संस्कृतिको उर्वरभूमि मानिने गण्डकी प्रदेशको म्याग्दी जिल्लामा जन्मिएका लोक तथा दोहोरी गायक राजेन्द्र सापकोटाको ‘उठ्ने बेलाको’ बोलको गीतले दर्शकश्रोताको मन जित्दै गएको छ ।

बुधबार गायक राजेन्द्र सापकोटाको आफ्नै युट्युबबाट उक्त गीतको म्युजिक भिडिओ सार्वजनिक भएको हो। गायक सापकोटा र चर्चित गायिका देवी घर्तिको आवाजमा रहेको गीतको लय पनि गायक सापकोटाकै रहेको छ ।

गीतको शब्द भने लोकप्रिय सर्जक प्रल्हाद सुवेदीको हो । सुवेदीले सिर्जना गरेका गीत ‘नजाउ है सानु पँधेरीमा’, ‘शितल दिने पिपल समी छ’, ‘माया हाँसेको’, ‘खेतमा बोके झार’ लगायत यस्तै थुप्रै गीत रुचाइएका छन् ।

म्युजिक भिडियोलाई कुमार के.सीले निर्देशन गरेका छन् भने अमृत चापागाईंले सम्पादन गरेका हुन् । भिडियोमा विवश ठकुरी र सीता घिमिरेले स्क्रिन शेयर गरेका छन् ।

सापकोटाले गाएका ‘हाई हाई सम्झे मायालाई’, ‘बज्न थाल्यो सनाई’, ‘सोच आँखा बन्द गरेर’, ‘जवानीमा धक्का’, ‘पिरति मिसाउनी’, ‘छेकी छेकी’, ‘डाँडै भयो अल्को’, ‘सालैजो’ लगायतका गीतहरु लोकप्रिय छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ