तनहुँमा महायज्ञबाट ४३ लाख बढी संकलन

तनहुँमा महायज्ञबाट ४३ लाख बढी संकलन

nepali-paisa

तनहुँ । तनहुँमा शुक्लागण्डकी नगरपालिका–११ साँखेमा आयोजित महायज्ञबाट ४३ लाख ३७ हजार चार सय ९७ सङ्कलन भएको छ ।

साँखेस्थित एक सय २० वर्ष पुरानो शिवालयका माध्यमबाट साँखेक्षेत्रको धार्मिक पर्यटनमा टेवा पुर्‍याउने उद्देश्यले महायज्ञ आयोजना गरिएको शिवालय व्यवस्थापन समितिका अध्यक्ष नीलकण्ठ अर्यालले बताए ।

महायज्ञको समापन गर्दै शुक्लागण्डकी नगरपालिकाका प्रमुख कृष्णराज पण्डितले यज्ञबाट सनातन धर्मको संरक्षणमा सहयोग पुग्ने बताए ।यस मन्दिरमा हरेक वर्ष शिवरात्रिमा तनहुँ र स्याङ्जाका साथै देशका विभिन्न स्थानबाट भक्तजन आउने गरेका छन् ।

शिवालय र आसपासका क्षेत्रमा जन्तेढुङ्गा, सीता पाइलालगायत पुरातात्विक महत्वका संरचना छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ