मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– ३ अदुवाबारीमा चोर भन्दै बाबुआमाले प्रतिकार गर्दा छोराको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ३० वर्षीय भरथकुमार भ्लोन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार बिहीबार राति ९ बजेतिर भरथकुमार आफ्नो घरमा गएका थिए । त्यतिबेला घरमा उनका ६४ वर्षीय बुबा मीनबहादुर र ६३ वर्षीया देवीमाया भ्लोन थिए ।
मुखमा मास्क लगाएर आएका व्यक्तिले मीनबहादुर र देवीमायाको आँखामा खुर्सानीको धुलो हालेपछि उनीहरूले चोर भन्दै प्रतिकार गरेका थिए । प्रतिकार गर्दा आफ्नै छोरामाथि निर्घात कुटपिट भएको थियो ।
कुटपिटबाट गम्भीर घाइते भएका उनलाई उपचारका लागि चितवन पठाइएको थियो । चितवनमै उपचारको क्रममा भरथको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भरथ विगत चार वर्षदेखि घर समेत नआएकाले बाबुआमाले नचिनको र त्यसमाथि खुर्सानीको घुलो समेत आँखामा हालिएकाले चोर भन्दै उनीहरूले प्रतिकार गरेको हुन सक्ने प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार छोराका कुटाइबाट बाबुको करङ र हातको औंला भाँचिएको छ । आमाको पनि हात भाँचिएको छ ।
मकवानपुरमा उपचार कठिन भएपछि थप उपचारका लागि उनीहरूलाई काठमाडौँ पठाइएको छ ।
घटनाबारे थप अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
अज्ञात समूहद्वारा गोली हानी एक युवकको हत्या
चोर भनेर प्रतिकार गर्दा छोराको मृत्यु, बाबुआमा घाइते
डिजेल र मट्टीतेलको मूल्य घट्यो, पेट्रोलको यथावत्
यी स्थानमा वर्षा र हिमपातको सम्भावना
नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन
पशुपतिमा भक्तजनको मोबाइल चोर्ने गोरखाका २ जना १० थान मोबाइलसहित पक्राउ
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो