पोखराको अमरसिंह चौरमा आज गुञ्जिँदै चर्चित ब्याण्ड

'एलजी फेस्टिभल'

पोखराको अमरसिंह चौरमा आज गुञ्जिँदै चर्चित ब्याण्ड

ffd1c6f8-fe60-4ad0-807e-b2df324b429a

पोखराको अमरसिंह चौरमा आज शनिबार चर्चित ब्याण्ड जोह्न एण्ड दि लोवलस, पूर्ण राई एण्ड दाजुभाइ, एमटी ८८४८ व्याण्ड सहितको कन्सर्ट हुने भएको छ ।

शुक्रबार अमरसिंह चौरमा हुने भनिएको ‘एलजी फेस्टिभल-२०२५’ मौसमका कारण स्थगित भएको थियो । फेस्टिभल हिजो तोकिएकै समय र स्थानमा हुने आयोजकले जनाएको छ ।

फेस्टिभलको पहिलो संस्करण हङकङ, अमेरिका, जापान, बेलायत, अस्ट्रेलिया, कतार लगायत विभिन्न देशहरूमा सफलतापूर्वक सम्पन्न भएको थियो। अन्तर्राष्ट्रियस्तरमा सफलता पाएपछि अब पोखरामा यो फेस्ट आयोजना गर्न लागिएको आयोजकको भनाई छ ।

म्युजिक फेस्टिभलमा लाइभ म्युजिक,  स्वादिष्ट खानाका परिकार,  विशेष पेय पदार्थ र मनोरञ्जनका कार्यक्रम हुने बताइन्छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ