नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन

नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन

sharada-shrestha

पोखरा । नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधन भएको छ ।

८४ वर्षिया श्रेष्ठको आज बिहान उपचारको क्रममा महाराजगञ्जस्थित प्रहरी अस्पतालमा निधन भएको हो ।

श्रेष्ठ नेपालको पहिलो महिला न्यायाधीश तथा सर्वोच्च अदालतमा पुग्ने दोस्रो महिला न्यायाधीश हुन् । उनको आजै बेलुकी पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने बताइएको छ ।

बिरामी भएकी उनी केही दिनदेखि प्रहरी अस्पतालमा उपचाररत थिइन् । सघन उपचारकक्ष (आईसीयु)मा उपचार गराई स्वास्थ्यमा सुधार भएपछि उनलाई वार्डमा सारिएको थियो । वार्डमै उपचाररत रहँदा निधन भएको हो ।

उनी ३ बैशाख २०६१ मा सर्वोच्च अदालतको न्यायाधीश भएकी थिइन् । २० जेठ २०६५ मा उनले अवकाश पाएकी थिइन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ