हेमजा । माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा पर्यटकीय क्षेत्र घम्पुसमा बुधबार देखि जारी तेस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिका स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको दोस्रो दिन ५ खेल सम्पन्न भएको छ ।
बिहीबार भएको महिला भलिबल तर्फको पहिलो सेमिफाइनल खेलमा आयोजक माछापुच्छ्रेलाई पछि पार्दै बागलुङले फाइनलको यात्रा तय गरेको छ । दोस्रो सेमिफाइनल खेलमा हिमशिखर युवा क्लब घम्पुस र शान्त भलिबल ट्रेनिङ सेन्टर बिच भएको खेलमा शान्ता भलिबल ट्रेनिङले हिमशिखरलाई पराजित गरेको छ । महिला भलिबलको फाइनल खेलमा बागलुङ र हिमशिखरले उपाधिका लागि भिडेन भएका छन् ।
यता पुरुष तर्फ मादी गाउँपालिका र निस्सिखोला बिच हुने भनिएको खेलमा मादी गाउँपालिका उपस्थित हुन नसके पछि निस्सि खोलालाई आगामी यात्राको लागि आयोजकले विजय घोषण गर्यो ।
स्याङ्जा हरिनास र माछापुच्छ्रे गाउँपालिका बिच भएको खेलमा पहिलो र अन्तिम दुई सेटले पछि पर्दै हरिनासले सुखद यात्रा तय गरेको छ ।कार्यक्रमलाई सम्बोधन गर्दै गण्डकी प्रदेशका पूर्व अर्थ मन्त्री रामजी बरालले खेलको महत्त्व माथि प्रकाश पार्दै जित हार भन्दा पनि खेलमैदानमा प्रवेश गर्नु नै खेलाडीको विजय सुरुवात भएको बताए । विभिन्न जिल्ला बाट सहभागी खेलाडीहरूलाई पर्यटकीय क्षेत्र घम्पुसको सम्झना सवैमाझ प्रवाह गरिदिनु हुन अनुरोध गरे ।
माछापुच्छ्रे गाउँपालिका वडा नं. ७ धम्पुसको व्यवस्थापन र माछापुच्छ्रे गाउँपालिका भलिबल संघको समन्वयमा फागुन १४ देखि १७ गते सम्म प्रतियोगिता चल्नेछ । पुरुष तर्फ १४ र महिला तर्फ ५ टिमको सहभागीता रहेको छ ।
प्रतियोगितामा पुरुष तर्फ प्रथम पुरस्कार २ लाख, द्धितीय पुरस्कार १ लाख र सेमी फाइनलमा उपविजेता दुइ टिमलाई ५०/५० हजार ट्रफि मेडल र प्रमाण पत्र रहेको छ ।त्यसै गरी महिला तर्फ प्रथम पुरस्कार १ लाख, द्धितीय पुरस्कार ५० हजार र सेमी फाइनलमा उपविजेता दुई टिमलाई २५/२५ हजार ट्रफि मेडल र प्रमाण पत्र रहेको छ ।
पुरुष तथा महिला भलिबलमा विधागत उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाई कर, मिडिल ब्लकर, डिफेन्डर, सेटर सर्भर र प्रशिक्षकलाई पालिकाको लोगो अङ्कित खेलकुद पोसाक पुरुस्कार प्रदान गरिने छ । प्रतियोगिता सम्पन्न गर्नका लागि माछापुच्छ्रे गाउँपालिकाले १३ लाख रुपैयाँ विनियोजन गरेको छ ।
सम्बन्धित खबर
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
लुम्बिनी लायन्सले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम यो वर्ष पनि फाइनलमा चुक्यो
एनपीएल फाइनलः लुम्बिनीसँग सुदूर पश्चिमको उपाधि भिडन्त शनिबार
गल्याङमा राष्ट्रपति रनिङ शिल्डको उपाधि भानुभक्त माविलाई
कोल्मा बराहचौरमा राष्ट्रिय स्तरको क्रस–कन्ट्री दौड पौष ८ मा
सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा प्रवेश, विराटनगर पराजित
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला