मेयर धनराज आचार्य १२ दिनपछि डिस्चार्ज

मेयर धनराज आचार्य १२ दिनपछि डिस्चार्ज

Dhanraj_acharya

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य डिस्चार्ज भएका छन्।

१२ दिनदेखि काठमाडौँको कीर्तिपुर अस्पतालमा उपचाररत आचार्य बिहीबार बिहान डिस्चार्ज भएका हुन्।

फागुन ३ गते पोखरामा ‘पोखरा भ्रमण वर्ष २०२५’ को औपचारिक घोषणा समारोहका क्रममा उडाउन थालिएको बेलुन पट्किएको थियो।

बेलुन पट्किँदा आचार्य र अर्थमन्त्री विष्णु पौडेल घाइते भएका थिए।

अर्थमन्त्री पौडेल घटना भएको दुई दिनपछि फागनु ५ गते नै डस्चार्ज भएका थिए। आचार्य भने १२ दिनपछि बिहीबार डिस्चार्ज भएका छन्।

आचार्यले बिहीबार एक सार्वजनिक सन्देशमार्फत आफ्नो स्वास्थ्यलाभको जानकारी दिँदै तत्कालै काममा फर्किने बताएका छन्। तर केही समय सावधानी अपनाउनुपर्ने चिकित्सकले सुझाव दिएको आचार्यको भनाइ छ।

आचार्यले भनेका छन्, ‘यस कठिन समयमा तपाईंहरूले प्रदान गर्नुभएको सद्भाव, मायालु सन्देश, र मनोबल अत्यन्त प्रेरणादायी रहेका छन् । अब म पोखरा फर्केर काममा जुट्नका लागि तयार छु र तपाईंहरूको सहयोग र सुझावको अपेक्षामा छु ।’

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ