राराको डाँफे होटलमा आगलागी

राराको डाँफे होटलमा आगलागी

dafe-hotel

मुगु । मुगुको रारा ताल नजिक रहेको डाँफे होटलमा आगलागी भएको छ।

छायानाथ रारा नगरपालिका–९ स्थित रारा ताल छेउमा रहेको डाँफे होटल गएराति राति १२ बजे आगलागी भएको जिल्ला प्रहरी कार्यालय, मुगुले जनाएको छ।

आगलागी हुँदा थप चार घरटहरामा जलेर नष्ट भएका छन्।

आगोबाट काठै काठको संरचनाले बनेका घरटहरामा क्षति पुगेको हो। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आज बिहान आगो नियन्त्रणमा लिएका छ।

जिल्ला सदरमुकाम गमगढीबाट प्रहरी नायब निरीक्षक (सई) दीपक केसीको नेतृत्वमा १५ जना प्रहरी टोली गएराति नै रारा ताल पुगेको थियो। होटेलको भान्साबाट सुरु भएको आगोले त्यहाँ रहेका ग्यासको सिलिन्डर पड्कदा अन्य तीनवटा भवनमा क्षति पुगेको हो ।

होटलमा बास बसेका ६९ जना पाहुनालाई उद्धार गरी राति नै उक्त होटलबाट सल्लेरीमा रहेको बमकै अर्को होटलमा लगिएको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ