काठमाडौं। नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज दुई सय ६२ औँ स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउँदैछ ।
शिवरात्रि तथा सेना दिवसको अवसरमा नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल प्रमुख अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ । राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति रहेका छन् ।
सेनाले दुई दशकअघिदेखि महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ । सैनिक मञ्चमा परेड तथा तोप बढाइँ, कवाजलगायत कार्यक्रम हुँदैछन् ।
महाशिवरात्रि तथा सेना दिवस सैनिक मञ्च टुँडिखेल तथा पृतना, गण, गुल्म, युनिट र विभिन्न निकायमा मनाइने नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए । त्यस अवसरमा नेपाली सेनासहित भारत, बेलायत र अमेरिकाका सेनाद्वारा साङ्गीतिक प्रस्तुति हुनेछ ।
कार्यक्रममा सहभागी हुन नेपाली सेनाका मानार्थ महारथी तथा भारतीय सेनाका ६ जना पूर्वस्थल सेनाध्यक्ष हिजो नेपाल आइपुगिसकेका छन् ।
नेपाली सेनाको वर्तमान साङ्गठनिक स्वरूप १८१९ सालदेखि शुरू भएको हो । नेपाली सेना अन्तर्राष्ट्रिय क्षेत्रमा समेत भरपर्दो र विश्वसनीय फौजको छवि बनाउन सफल छ ।
सन् १९५८ देखि शान्ति सेनाको जिम्मेवारी सम्हाल्दै आएको नेपाली सेनाले अहिलेसम्म ४४ शान्ति मिसनमा रही एक लाख ५४ हजार ३ सय ४० जनाले विश्वशान्तिमा योगदान पुर्याइसकेका छन् । त्यसक्रममा ७३ जना सैनिकले ज्यान गुमाएका र ६८ सैनिक घाइते भएका तथ्याङ्क छ ।
अहिले ११ शान्ति मिसनमा ६ सय ४२ महिलासहित पाँच हजार ९ सय १३ नेपाली शान्ति सैनिक परिचालित छन् । शान्ति स्थापनाका लागि सेना खटाउने देशहरुमध्ये नेपाल पहिलो स्थानमा छ । सेनाले विपद् व्यवस्थापन र सडक पूर्वाधार निर्माणमा पनि योगदान पुर्याउँदै आएको छ ।
सम्बन्धित खबर
स्टन्ट र गाली गरेर देश बन्दैनः सुनिता डंगोल
एसइईको नतिजा प्रकाशनमा ढिलाइ नगर्नू, १२ को परीक्षा पनि नसार्नू: सर्वोच्च अदालत
नवनियुक्त शिक्षामन्त्री पन्तले लिए पद तथा गोपनीयताको शपथ
रघुजीलाई बधाई दिँदै विद्या भट्टराईले भनिन्- अबको यात्रा सार्वजनिक शिक्षाको सवलीकरणमा
शिक्षकहरूलाई ३ दिनभित्र विद्यालय फर्की पठनपाठन गर्ने वातावरण सुनिश्चित गर्न सर्वोच्चको आदेश
काठमाडौँमा गुडिरहेको बसमा आगो लाग्यो, यात्रुले भागेर ज्यान जोगाए
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
वैशाख ११ गतेदेखि नियमित कक्षा सञ्चालन गर्न पोखरा महानगरको अनुराेध