पोखरामा ‘रेडलाइट एरिया’ बारे प्रष्ट पारे मुख्यमन्त्रीले

पोखरामा ‘रेडलाइट एरिया’ बारे प्रष्ट पारे मुख्यमन्त्रीले

prithvi subba (1)

file photo

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले प्रदेशको विकासका लागि फाँसीमा झुण्डीन पनि तयार रहेको बताए । आइतबार प्रदेश सभामालाई सम्बोधन गर्दै मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन् । उनले केही समय अघि पोखरामा भएको मुख्यमन्त्रीहरु भेलालाई लिएर भएको टिकाटिप्पणी पछि यस्तो बताएका हुन् ।

‘हामीले संघीय सरकार विरुद्ध कुनै घेराबन्दी ग¥या पनि होइन, कुनै विरोध ग¥या पनि हैन,’ गुरुङले भने ‘प्रदेश सरकारलाई सफल पार्नको लागि, प्रदेश सभाको गौरव बढाउनको लागि गण्डकी प्रदेशको विकासका चरणहरु पुरा गर्नका लागि फाँसीमा झुण्डीन पनि तयार छु ।’

रेड लाईट एरियाको बहस

पोखरामा रेडलाईट एरिया तोक्ने विषयलाई केही दिन अघि मुख्यमन्त्री गुरुङले बहसको रुपमा ल्याएसँगै अहिले सर्वत्र आलोचना भइरहेको छ । सोही विषयलाई आइतबारको प्रदेश सभामा मुख्यमन्त्री गुरुङले थप प्रष्ट्याए ।

‘पोखरामा कसरी पर्यटनको विकास गर्ने भन्ने बहस भैरहेको छ । नेपालले पोखरालाई टुरिजम क्यापिटल बनाउनुपर्छ । त्यही कार्यक्रममा जाँदा मैले पोखरालाई चौविसै घण्टा खोल्नुपर्छ भनेर कुरा राखेको हो’ उनले भने ‘किनभने ५÷७ बर्षपछि यति धेरै बाटो बन्दैछ । पोखराको होटल ९ बजे बन्द हुन्छ । ईन्टरनेशनल फ्लाईट हुन्छ, कुनै फ्लाईट ११ बजे उत्रिने हुन्छन्, कुनै चाहीँ २ बजे उत्रिने खालको पनि हुन सक्छ । अनि २ बजे आउने पर्यटकले पोखरामा सुत्न पाउने कि नपाउने ? यस्तो भयो भने पोखरामा पर्यटक आउँछन् कि आउँदैनन् ?’

तत्काल बैदाम क्षेत्रलाई २४ सै घण्टा खोलेर अन्य क्षेत्रलाई विस्तारै सधैँ खुल्ने बनाउनुपर्नेमा उनको जोड छ । ‘सिंगो पोखरालाई नसकेपनि बैदामलाई चौविसै घण्टा खोलौं,’ उनले भने ‘जुन शहर २४ सै घण्टा निदाउँदैन त्यो सहर विकसित भएको छ । सिफ्टमा कर्मचारी राखेर भएपनि होटल चालू गर्नुपर्छ । त्यही सन्दर्भमा केही साथीहरुको सुझाव थियो । माग चाहीँ छ भित्रभित्रै, यहाँ अब्यवस्थित यौन ब्यवसाय छ, यसलाई ब्यवस्थित गर्नुप¥यो भन्नुभएको छ । मैले मात्रै के भनेको हो भने समाज दुईतिर विखण्डित हुँदै गयो । कुहिँदै गयो । हाम्रो नैतिकता, हाम्रो मौलिकता चाहीँ कमजोर भैरहेको छ । समाजमा यस्तो धेरै घटना भएको छ ।’ पीडितलाई कारबाही नहुने ब्यक्तिहरु छुटिरहने घटना बढ्न थालेकोले रेडलाईट एरियाको विषयलाई छलफलको रुपमा ल्याएको उनको भनाई छ ।

यौन ब्यवसायको बारेमा आफुले धेरै अध्ययन नै गरिसकको भन्दै उनले संसारका धेरै देशका अभ्यासबारे जानकारी समेत गराए । ‘यौन ब्यवसायको बारेमा संसारमा धेरै अभ्यासहरु छन्’ उनले भने ‘युरोपका धेरै देशको ब्यवसाय मैले अध्ययन गरें । यसमा ४ वटा कुरा छ । एउटा भनेको प्रतिबन्ध लगाउने हो । दोश्रो जे जे अपराध भएपनि छोडिदिने हो । तेश्रो कानुन निर्माण गरेर रेगुलेसन गर्ने कुरा रहेछ । र अन्तिममा निर्मूल गर्ने अभियान सञ्चालन गर्ने भन्ने कुरा छ । चारवटा मध्ये एउटा त गर्नेपर्छ । हामीलाई जे उचित लाग्छ त्यसैमा बहस चलाऔं भनेको हो ।’

बजेट कार्यान्वयन नहुने डर

संघीय सरकारले धेरै कामहरु स्थानीय तहले गर्छ भन्ने नाममा अधिकारहरु सबै माथी राखेको उनको भनाई छ । ‘हामीलाई भौतिक संचनाहरु चाहियो, काम गर्ने ठाउँ चाहियो, कर्मचारी छैन, कुनकुन कार्यालय हाम्रो मातहत रहने भन्ने अझै छिनोफानो लागेको छैन,’ उनले भने ‘यस्तो अबस्थामा पनि हामी केही गर्छांै भनेर लागेका छौँ । अहिले के लागिरहेको छ भने कतै २४ अरब तीन करोडको बजेट छ त्यो पनि कार्यान्वयन गर्न नसक्ने हो की भन्ने चिन्ता डर लागेको छ ।’ प्रदेशका विभिन्न मन्त्रालय मातहतका कार्यालयका लागि कर्मचारीको दरबन्दी स्वीकृत भएको धेरै समय भइसके पनि कर्मचारी नपठाएको प्रती गुरुङ रुष्ट छन् ।

संविधान संसोधन गरियोस्

उनले प्रदेशका केही कुराहरु मिलाउनको लागि संविधान संसोधन गर्न आवश्यक रहेको समेत बताए । उनले गण्डकी प्रदेशको नवलपुरलाई उदाहरण दिँदै यस्तो बताएका हुन् । ‘संविधान संसोधन गरियोस्,’ उनी भन्छन् ‘हाम्रो संविधानले भन्छ बर्दाघाट सुस्ता ५ नम्बर प्रदेशमा तर सुस्ता गाउँपालिकाको पहिलो बैठकले हामी पाँच नम्बरमा हैन चार नम्बरमै रहन चाहन्छौँ भने निर्णय गरिसकेको छ । त्यो हाम्रो संविधान मुताविक छ ।

त्यसकारणले संविधान संसोधन गरियोस् । संविधानले बर्दाघाट सुस्ता पूर्व पट्टि भन्या छ त्यसलाई नवलपुर बनाइयोस् ।’ सुस्तासँग पानीबाटमात्र जोडिएको भन्दै उनले चिन्ता ब्यक्त गरे । नवलपुर जिल्ला ७६ औँ जिल्ला भएकोले त्यहाँ हुनुपर्ने कुनै पनि कार्यालय नभएको भन्दै उनले केन्द्र सरकारले आफु मातहतका कार्यालयहरु तत्काल स्थापना गरिदिनुपर्ने बताए । ‘धेरै सरोकारवालाहरुसँग छलफलमा यो कुराहरु भनेका छौँ तर, पनि आजको दिन सम्म कुनै सुनुवाई भएको छैन’ उनले भने ।

काम कहिले गर्ने ?

कामको जिम्मा लिएर बसेकाहरुलाई तत्कालै काम लगाउन संघीय सरकारले चासो नदेखाएको प्रति उनको गुनासो छ । ‘हाम्रो प्रदेशमा अन्तराष्ट्रिय हवाई मैदान बन्दैछ २०२१ बाट सुरु हुन्छ । काठमाडौँ मुग्लीनबाटो बन्ने कुरा भइरहेकै छ । एडिबीले भैरहवा पोखरा जोडने भनिरहेकै छौँ । काम चाहिँ कैले सुरु गर्ने ? बुढी गण्डकी करिडोर बनाउने कुरा गरिरहेका छौँ ।’

अहिले गर्ने भनेका सडकमार्ग हवाई मार्ग समयमै बने गण्डकी प्रदेश यातायात क्षेत्रमा सुविधायुक्त प्रदेश हुने भएकोले पर्यटन विकास, औद्योगिक विकास, उद्योगको आद्युनिकीकरणले पनि फड्को मार्ने उनको भनाई छ । पोखरा, पर्यटन, शिक्षा, खेलकुदको हिसाबले अन्तराष्ट्रिय हब बन्ने उनको भनाई छ । उत्तर दक्षिण, पूर्व पश्चिम जोडिन गण्डकी प्रदेशलाई मार्ग प्रशस्त रहेको उनको भनाई छ । पदेश सभामा पौने २ घण्टा सम्बोधन गरेका मुख्यमन्त्री गुरुङले भारतसँगको सिमाको छोटी भन्सार कोरलानाकालाई बेलैमा भौतिक संरचना निर्माण गरेर सञ्चालन गर्नुपर्ने बताए ।

लगानी सम्मेलन
प्रदेशको मास्टरप्लानीङ गरेर लगानी सम्मेलन गर्ने उनले बताए । ‘हाम्रो प्रदेशमा केके गर्न सकिन्छ, पाँच वर्षमा हाम्रो प्रदेशमा यो यो गर्न सकिन्छ, १० वर्षमा यो गर्न सकिन्छ, यो–यो योजना छ हाम्रो सोही अनुसार कार्यक्रमहरु ल्याउ भन्नलाई हामी तयारी गर्दैछौँ । त्यसको लागि माननीय सदस्य ज्यूहरुको पनि महत्वपूर्ण भूमीकाको आशा गर्दछु ।’ संघीय सरकारले गर्ने लगानी सम्मेलन भन्दा अघि या पछि समय मिलाएर प्रदेशले लगानी सम्मेलन गर्ने उनको भनाई छ ।

प्रधानमन्त्रीको संयोजकत्वमा उच्चस्तरिय कमिटि

संघीयताको कार्यान्वयन गर्नका लागि उच्चस्तरीय कमिटी बनाउन उनको सुझाब छ । ‘संघीयता कार्यान्वयनको लागि एउटा उच्चस्तरीय कमिटि बनाऔँ,’ उनले भने ‘कमिटिको संयोजक प्रधानमन्त्री हुनुहुन्छ । प्रधानमन्त्रीलाई संघीयता कार्यान्वयनको लागि सहयोग पुगोस् । त्यसको कार्यान्वयनको लागि मुख्यसचिबको संयोजकत्वमा सचिवालय बनाऔँ । अन्तरप्रदेश परिषदको कार्याविधि बनाउनु प¥यो । यसलाई सम्पन्न बनाएर संघ र प्रदेशको पुलको काम चाहीँ अन्तरप्रलेश परिषदलाई राख्नुप¥यो ।’

लोकसेवाको स्थापना नभएसम्म, कर्मचारी नपठाएसम्म काम गर्न नसकिने उनको तर्क छ । ‘कतिपय ठाउँमा प्राविधिक कर्मचारी हुन्छ । तत्कालै करारमा राख्नसक्ने ब्यवस्थागरिदिनु प¥यो,’ उनले भने ‘प्रदेशमा अनुसन्धान ब्यूरो गठन गर्ने प्रावधान छ । त्यसको पनि ढोका खोलीदिनु प¥यो । भूमी जलजमिनको अधिकार संघीय सरकारबाट प्रदेश सरकारलाई हस्तान्तरण हुनुपर्छ ।’ कार्यक्रम र योजना नभएकोले बजेट कार्यान्वयनमा समस्या भएको उनको भनाई छ ।

मुख्यमन्त्रीले आसन्न चीन भ्रमणको विषयमा पनि सभामा जानकारी गराए । उनले गण्डकी प्रदेशको विकास समृद्धिको लागि मितेरी साइनो लगाउने, पोखरासँग भगिनी सम्बन्ध कायम गर्ने विषयमा उनले जानकारी गराएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ