अडियो काण्ड बाहिरिएपछि विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु

अडियो काण्ड बाहिरिएपछि विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु

केही दिनअघि पैसा बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको थियो

rabi thapa

काठमाडौँ । विष सेवन गरेर अचेत अवस्थामा भेटिएका बागमती प्रदेशका सहकारी तथा गरिबी निवारणमन्त्री मदुकुमार श्रेष्ठका स्वकीय सचिव रवि थापाको मृत्यु भएको छ।

उनी सोमबार काठमाडौँको कलंकीस्थित साथीको कोठामा अचेत भेटिएका थिए। अचेत भेटिएका उनलाई उद्धार गरी कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो।

थापाको केही दिनअघि पैसा बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको थियो। सुमेरु सहकारीका पूर्वसचिवसमेत रहेका विनोद आचार्यसँग सहकारीको समस्या मिलाइदिने भन्दै १० लाख बार्गेनिङ गरेको अडियो बाहिरिएपछि उनले विषय सेवन गरेको बताइएको छ।

जिल्ला प्रहरी परिरसर काठमाडौँका प्रवक्ता अपिलराज बोहोराले सुसाइड नोट लेखेर उनले विष सेवन गरेको दिएको बताए। उनले सुसाइड नोटमा आर्थिक कारोबारको बारेमा लेखिएको जानकारी दिए।

बोहोराकाअनुसार थापाकाे शवलाई पोष्टमार्टम गरिँदै छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ