तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा

कुटपिट

तनहुँमा ऋषिङ गाउँपालिका अध्यक्षले कुटे पूर्वसांसदका छोरा

tanahun kutpit

पोखरा । तनहुँको ऋषिङ गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जग्गा विवादमा स्थानीय प्रभात आलेलाई कुटेका छन् । आले २०१५ सालमा निर्वाचित सांसद स्वर्गीय पदमबहादुर आलेका छोरा हुन्।

फागुन ७ गते राति श्रेष्ठले भीमाद नगरपालिका–६ मालेबगर पुरानो स्कुलस्थित आफ्नै घरमा ५७ वर्षीया आलेलाई कुटपिट गरेका हुन्। अध्यक्ष श्रेष्ठ नेपाली कांग्रेस तनहुँका उपसभापतिसमेत हुन्।

प्रहरीले जाहेरी लिन नमानेपछि बल्ल घटनाबारे सार्वजनिक भएको हो । प्रभातले मंगलबार तनहुँको बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रमा परीक्षण गराएको बताए। जिपी अस्पातलले थप परीक्षणका पोखरा गएर गर्नुपर्ने बताएको उनको दाबी छ।

जग्गा कारोबारमा विवाद भएपछि कुटपिट भएकाे बताइन्छ । सात वर्षअघि पालिका अध्यक्ष श्रेष्ठले उनका दाइको जग्गा किनेर प्लटिङ गरेका थिए । जग्गा कारोबार हुँदा बाटो छोड्ने सहमति भए पनि प्लटिङका क्रममा नछोडिएको भन्दै आले असन्तुष्ट थिए ।

विवाद टुंग्याउन खोज्दा आफूमाथि चोट लाग्ने गरेर कुटेको आलेको आरोप छ। आफूमाथि हातपात गरेपछि प्रतिकार गरेको गाउँपालिका अध्यक्ष श्रेष्ठले बताए।

कुटाइ खाएका प्रभात बुधबार जाहेरीका लागि इलाका प्रहरी कार्यालय बेलचौतारामा पुगे । दिनभर प्रहरीले जाहेरी नलिएको उनले बताएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख एसपी विरेन्द्रबहादुर शाहीले कुटपिटको घटनामा पहिले घाउ जाँच गरेर प्रहरीले बुझ्ने काम गर्ने बताए। त्यसपछि प्रक्रिया सुरु हुने उनले बताए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ