नवलपरासीमा प्रेम विवाहको विषयमा दुई पक्षबीच झडप, १९ जना घाइते

नवलपरासीमा प्रेम विवाहको विषयमा दुई पक्षबीच झडप, १९ जना घाइते

jhadap

नवलपरासी । पश्चिम नवलपरासीमा प्रेम विवाहको विषयमा दुई पक्षबीच झडप हुँदा १९ जना घाइते भएका छन् ।

पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा आज बिहान ९ बजे भएको झडपमा प्रहरी र स्थानीय बासिन्दासहित झन्डै १९ जना घाइते भएको प्रहरीले जनाएको छ ।

केही महिनाअघि गाउँकै युवा र युवतीबीच भागी विवाह भएको र विवाद बल्झिएपछि दुई समूहबीच झडप भएको प्रहरीको भनाइ छ ।

प्रहरीका अनुसार हिजो बेलुकी स्थानीय दुई व्यक्तिबीच हातपात भएको र त्यही विषयलाई लिएर आज बिहान तनावको अवस्था बनेको हो ।

इलाका प्रहरी कार्यालय महेशपुरको बा१झ ७४४८ नंको गाडीमासमेत आगजनी भएको छ । नेपाल प्रहरीका ११, सशस्त्र प्रहरीका चार र स्थानीय चारजना घाइते भएको प्रहरीले जनाएको छ ।

अवस्थालाई नियन्त्रणमा लिन प्रहरीले केही राउन्ड हवाई फायर समेत गरेको छ ।

झडपमा घाइते भएका पाल्हीनन्दन गाउँपालिका–३ कुश्माका ३५ वर्षीय विजय धवलको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ