गोरखामा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ

अपराध

गोरखामा १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा शिक्षक पक्राउ

raper1

गोरखा । गोरखामा १५ वर्षीया बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार जाजरकोटको नलगाड नगरपालिका– ८ घर भएका ३५ वर्षीय कमलबहादुर बोहरा पक्राउ परेका हुन् ।

उनी गोरखाको धार्चे गाउँपालिकास्थित एक विद्यालयका शिक्षक हुन् ।

प्रहरीका अनुसार पुसदेखि पटक–पटक किशोरीलाई बलात्कार गरेको भन्दै गत माघ २८ गते उनीविरूद्ध जाहेरी परेको थियो। सोही आधारमा उनलाई फागुन ७ गते पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीविरुद्ध जबरजस्ती करणी मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ