पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ३१ को कार्यलयले कृषकहरुलाई लहरे बालीको बीउ बितरण गरेको छ । कार्यलयले सोमबार एक कार्यक्रमको आयोजना गरि पोखरा महानगरपालिका वडा नम्बर ३१ को कृषि संजाल मार्फत वडा भित्र रहेका किसानहरुलाई लहरे तरकारी बालीको बिउ हस्तान्तरण हो ।
कार्यक्रममा वडा नम्बर ३१ मा रहेका ४८ वटा आमा समुह, टोल बिकास संस्था र कृषि समुहलाई लहरे तरकारी बालीको बीउ हस्तान्तरण गरिएको कृषि संजाल पोखरा– ३१ का अध्यक्ष केशबराज तिवारीले जानकारी दिए ।
उनका अनुसार न्यु नारायणी जातको घिरौला, भक्तपुरे लोकल कॉक्रो, पाली जातको करेला, डबल हार्भेष्टको तुने बोडी, प्रकासे बोडी, घ्यु सीमी, लौका, र चिफ्ले भिन्डी गरि १ लाख ५० हजार बराबरको बिउ वितरण गरिएको छ । ४८ वटा समुहलाई हस्तान्तरण गरिएको बिउ त्यि समुह मार्फत हरेक कृषकको घर–घरमा पुर्याईएको उनको भनाई थियो ।
बिउ हस्तान्तरण कार्यक्रमको शुभारम्भ गर्दै पोखरा महानगरपालिका वडा नम्बर ३१ का वडा अध्यक्ष ढकनाथ कडेलले किसानको जीवन स्तर उकास्नको लागि र जिबिको पार्जनमा सहयोग पुर्याउने उदेश्यको साथ बीउ वितरण गरिएको बताए । उनले यो बिउलाई सहि सदुपयोग गरेर आफूलाई खाने तरकारी उत्पादन गरि बाँकी भएको तरकारी बिक्री बितरण गरि आय आर्जन गर्न समेत आग्रह गरे ।
पोखरा महानगरपालिका ३१ कृषि संजालका अध्यक्ष केशबराज तिवारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन वडा कार्यलयका सूचना अधिकारी माधबराज तिमिल्सिनाले गरेका थिए ।
सम्बन्धित खबर
वालिङ्बाट लागूऔषधसहित पोखराका गुरुङ पक्राउ
राष्ट्रिय मगर एकता दिवसमा स्याङ्जाका आठ पालिकामा सार्वजनिक बिदा
मार्ग खुलेको १५ वर्षपछि सडक स्तरोन्नति
मोबाइल चोरी गर्ने स्याङ्जाका गुरुङ पक्राउ
पोखरा ३१ द्वारा कृषकहरुलाई लहरे बालीको बिउ वितरण
दरगाउँटारका १०० महिलाको पाठेघरको मुखको क्यान्सर परिक्षण
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
९ दिनअघि त्रिशुलीमा बेपत्ता भएका रोहितको शव भेटियो