कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ

कास्कीमा एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ

bk

पोखरा । कास्कीको माछापुच्छ्रे गाँउपालिका– ८ बाट एकनाले भरुवा बन्दुकसहित १ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ५९ वर्षका मान बहादुर वि.क. रहेका जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

वि.क.ले अवैध रुपमा हातहतियार तथा खरखजानालुकाई छिपाई राखेको भन्ने गोप्यसूचनाको आधारमा वडा प्रहरी कार्यालय बगर कास्कीबाट खटिएको प्रहरी टोलिले उनलाई शनिबार दिउँसो पक्राउ गरेको हो ।

प्रहरीले उनको घरकोठाबाट अबैध रुपमा राखिएको एक नाले भरुवा बन्दुक २ थान, सोही बन्दुकमा लाग्ने बारुदजस्तो देखिने कालो पदार्थसमेत बरामद गरेको छ ।

पक्राउ परेका विकलाई कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजनासम्बन्धी मुद्दामा ५ दिन म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ