पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम

अनुसन्धान

पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम

आत्महत्या दुरुत्साहनको आरोपमा कास्की प्रहरीमा उजुरी

Santoshi_Mahattt

पोखरास्थित सशस्त्र प्रहरी, हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय, लामापाटनमा मृत अवस्थामा भेटिएकी सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) सन्तोषी महतको पोष्टमार्टम भएको छ।

सशस्त्र प्रहरी बलमा कार्यरत सिन्धुपाल्चोक घर भएकी २८ वर्षीया महतको शव शनिबार राति नौ बजे ब्यारेकको महिला शौचालय नजिकको बीममा झुण्डिएको अवस्थामा भेटिएको थियो।

महतको शवको त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिएको सशस्त्र प्रहरी अधिकारीले जनाएका छन् । घटनाको थप अनुसन्धान नेपाल प्रहरीले पनि गरिरहेको  छ ।

घटना अनुसन्धान गर्न सशस्त्र प्रहरी बल प्रधान कार्यालयले डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। एकेडेमीका डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा समिति गठन गरिएको छ ।

आत्महत्या दुरुत्साहनको आरोपमा कास्की प्रहरीमा उजुरी

महतको परिवारले आत्महत्या दुरुत्साहनमा जाहेरी दिएको छ । महतको परिवारले १६ बेसिकका एक इन्स्पेक्टरविरुद्ध कास्की प्रहरीमा दुरुत्साहनको जाहेरी दिएको हो ।

जाहेरी दर्ता गरेर पक्राउ पुर्जी लिएर अनुसन्धान तयारी भइरहेकाे कास्की प्रहरीको जानकारी दिएकाे छ । परिवार स्राेतका अनुसार ती इन्स्पेक्टर र महत प्रेमीप्रेमीका रहेको परिवारको दाबी छ । उनैका कारण महतले आत्महत्या गर्नु परेको जाहेरीमा दाबी गरिएको छ ।

सिन्धुपाल्चोक घर भएकी महत १७ बेसिक (२०८१) कि इन्स्पेक्टर हुन् । सशस्त्र प्रहरी जवान र असई हुँदै उनी इन्स्पेक्टर भएकी थिइन्।

२०७२ सालमा सशस्त्रकै सिपाहीमा भर्ना भएकी उनले २०७८ सालमा असईमा नाम निकालेकी थिइन् । त्यसपछि अहिले २०८१ सालमा इन्स्पेक्टरमा नाम निकालेर तामिल सुरु गरेकी थिइन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ