कुलाको छेउमा फेला परेको शवको अझै पहिचान भएन (तस्विर)

कुलाको छेउमा फेला परेको शवको अझै पहिचान भएन (तस्विर)

sab (1)

पोखरा–१७, मुसे टुडा कुलाको छेउमा शनिबार भेटिएको शव कसको हो ? अझै खुलेको छैन । अन्दाजी ३५ वर्ष जस्तो देखिने पुरुषको शव फेवातालबाट जाने पानीको कुलामा फेला परेको वडा प्रहरी कार्यालय वैदामका प्रमुख डिएसपी नविन कार्कीले जनाए ।

उनका अनुसार पानी लगाउन जाने स्थानीयले देखेर खबर गरेका थिए । त्यसपछि शवलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइयो । शव अझै त्यहीं छ ।

मंगोलियन अनुहार भएका, सेतो टिसर्ट, निलो जिन्स, कानमा मुन्द्रा लगाएका, अगाडि कपाल रातो पारेका ति पुरुषको उचाई ५’३” रहेको छ । शव हेर्दा २ ३ दिनको पुरानो रहेको डिएसपी काीर्कले जनाए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ