स्याङ्जा जिल्ला क्रिकेट संघको आयोजनामा भएको दोस्रो संस्करणको जिल्लास्तरीय पुरुष अन्तरपालिका स्याङ्जा क्रिकेट लिग – २०८१ को उपाधि गल्याङ नगरपालिकाले जितेको छ ।
पुतलीबजार नगरपालिका – १३, मातृभूमि खेलमैदानमा यहि माघ ३० देखि भएको प्रतियोगितामा आँधीखोला गाउँपालिकालाई २४१ रनको फराकिलो अन्तरले पराजित गर्दै गल्याङ उपाधि विजेता भएको हो ।
टस जितेर पहिला ब्याटिङ गरेको गल्याङले निर्धारित ४० ओभरमा आठ विकेट गुमाएर ३१८ रन जोडेको थियो । ३१९ रनको लक्ष्य पाएको आँधीखोलाले १६.२ ओभरमा सबै विकेट गुमाउँदै ७७ रनमा सिमित भएको थियो ।
प्रतियोगिताको उपाधि विजेता गल्याङ नगरपालिकाले ट्रफी, मेडल र प्रमाण-पत्रसहित ४० हजार रुपैयाँको किटसेट प्राप्त गरेको थियो । उपविजेता आँधीखोला गाउँपालिकाले २० हजार रुपैयाँको किटसेटसहित ट्रफी, मेडल र प्रमाण-पत्रमा चित्त बुझाएको हो ।
यसैगरी, प्रतियोगितामा उत्कृष्ट खेलाडी पुरस्कार स्वरुप बेस्ट बलर चापकोट नगरपालिकाका करण पङ्गेनी, ब्याटर आँधीखोला गाउँपालिकाका ईश्वर क्षेत्री, किपर आँधीखोलाका पुर्ण बहादुर जिटी, फिल्डर चापाकोटका विशाल कोइराला, इमर्जिङ प्लेयर अफ टुर्नामेन्ट भीरकोट नगरपालिकाका साइमन खाँण र प्लेयर अफ द टुर्नामेन्ट आँधीखोलाका ईश्वर क्षेत्रीलाई ट्रफी, मेडल र प्रमाण-पत्रको दिइएको थियो ।
स्याङ्जा जिल्ला भित्रका स्थानीय प्रतिभावान खेलाडीको पहिचान, स्तर वृद्धि तथा खेलप्रति रुचि बढाउने उद्देश्यका साथ प्रतियोगिता आयोजना गरिएको संघका अध्यक्ष दिवाकर थापाले बताए ।
सम्बन्धित खबर
स्याङ्जाका किसानले बेचे ६० लाखको सुन्तला
नवग्रह मन्दिर अनुष्ठानमा डा. स्वामी केशवानन्दले दर्शन गरि दिए प्रवचन
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने
पोखरामा जिप र स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, अर्का एक घाइते