घलेगाउँ (लमजुङ), १० फागुन । चलचित्र पत्रकार संघ नेपाल कास्कीको आयोजनामा पर्यटकीय घलेगाउँमा ‘सिनेमा संवाद’ कार्यक्रम भएको छ । शनिबार विभिन्न चार सेसनमा विभिन्न विषयवस्तुमाथि गहन छलफल भयो ।
सिनेमा संवादको चौथो तथा अन्तिम सेसन थियो ‘सिनेमा र सरकारः नीतिमा समस्या कि नियतमा ?’
सेसनमा थिए, चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसी र चलचत्रि पत्रकार संघका केन्द्रीय अध्यक्ष समीर बलामी । अन्य सेसनभन्दा लामो तर रोमाञ्चक बनेको उक्त सेसनमा सहजकर्ता पत्रकार अमृत सुवेदीले नेपाली सिनेमाको विकासको विकास हुन नसक्नुमा नीति वा नियतबारे प्रश्न गरे ।
बोर्ड अध्यक्ष डिसीले बोर्डका गतिविधिबारे प्रकाश पार्दै चलचित्र ऐन, फिल्म स्टूडियो, बक्स अफिस आफ्नो तत्कालको मिसन भएको बताए । उनले २०२६ सालको चलचित्र ऐन बिस्थापित गर्दै अब छिट्टै नै चलचित्र ऐन आउने आश्वासन दिए ।
उनले आगामी वैशाखदेखि देशभरका हलहरुमा रियल बक्स अफिस हुने बताए । अन्तर्राष्ट्रिय अभ्यासको समेत उदाहरण दिँदै उनले नेपाली सिनेमामा बर्सेनि थोरैमात्र फिल्म सफल हुनु स्वाभाविक हो भने । उनले चलचित्रको बृहत्तर विकासमा आफू लागिपरेको बताए ।

चलचित्र पत्रकार संघ अध्यक्ष समीर बलामीले संघले समग्र नेपाली चलचित्र र चलचित्र पत्रकारको हितमा काम गर्दै आएको बताए । उनले तत्काल चलचित्र ऐन पारित हुनुपर्ने आवश्यकता औंल्याए ।
चलचित्र पत्रकार संघ कास्कीका कावा अध्यक्ष अर्पण तिवारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव सन्तोष बस्याल र स्वागत संयोजक सुरेश सुनारले गरेका थिए ।
कार्यक्रम उद्घाटन सत्रमा चलचित्र पत्रकार संघ नेपालका अध्यक्ष समीर बलामी, नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेल, संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देल लगायत बोलेका थिए । सिनेमा संवाद सुन्न घलेगाउँबासीको उल्लेख्य उपस्थिति थियो ।
संघले यसअघि कास्कीको पर्यटकीय गाउँ घान्द्रुक र सिक्लेसमा यसप्रकारको सिनेमा संवाद गरिसकेको छ ।

सम्बन्धित समाचारः
‘नेपाली सिनेमामा आदिवासी र सिमान्तकृतको स्वर दबिएको छ’
‘अहिलेका गीत संगीतमा प्याकेज बन्न छोडे’
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
सम्बन्धित खबर
दोस्रो संस्करणको स्याङ्जा क्रिकेट लिगको उपाधि गल्याङलाई
तस्वीरमा लमजुङको घलेगाऊँ
मुग्लिन–पोखरा बाटो सहज बन्दै
नवग्रह मन्दिर धार्मिक महोत्सवमा भक्तजनको घुइँचो
नेपाली सिनेमाको विकास हुन नसक्नुमा सरकारको नीति वा नियतबारे प्रश्न
रिलदेखि एआईसम्म आउँदा स्मरण क्षमता कमजोर, मेहनत कम
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
विराट चक्र विज्ञान पोखरा रंगशालामा नहुने