मेयर आचार्य अस्पतालबाट डिस्चार्ज

मेयर आचार्य अस्पतालबाट डिस्चार्ज

dhanraj-aachary

पोखरा । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य अस्पतालबाट डिस्चार्ज भएका छन्।

गएको शनिबार पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन पड्किँदा मेयर आचार्य र उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल घाइते भएका थिए । घाइते दुवै जनाको काठमाण्डौमा रहेको कीर्तिपुर बर्न अस्पतालमा उपचार भएको थियो ।

अर्थमन्त्री पौडेल भने केही दिनअघि डिस्चार्ज भइसकेका छन् ।

मेयर आचार्यले प्राविधिक त्रुटि हुँदा आफूहरू घाइते भएको बताएका छन्।

‘पोखरा भ्रमण वर्षको औपचारिक घोषणा समारोहका क्रममा भएको प्राविधिक त्रुटिका कारण नेपाल सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री माननीय विष्णु पौडेल ज्यू र म दुर्घटनावश (जलनका कारण) कीर्तिपुर अस्पताल, काठमाडौँमा भर्ना भएर उपचाररत थियौं। माननीय मन्त्रीज्यू तीन दिनअघि नै डिस्चार्ज हुनुभएको थियो। म आज अपराह्न अस्पतालबाट डिस्चार्ज भएको छु। उपचारमा संलग्न गण्डकी मेडिकल कलेज पोखरा, फिस्टेल अस्पताल पोखरा, कीर्तिपुर अस्पताल काठमाडौं लगायतका विशेषज्ञ चिकित्सकहरू, स्वास्थ्यकर्मी तथा सम्पूर्ण अस्पताल परिवार प्रति हृदयदेखि आभार व्यक्त गर्दछु,’ मेयर आचार्यले भनेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ