पोखरा । आगामी फागुन ११ गते आइतबार तय भएको विराट चक्र विज्ञान कार्यक्रम पोखरा रंगशालामा नहुने भएको छ । जबकि आयोजकले पोखरा रंगशालामा विभिन्न संरचना निर्माण तयारी करिब पूरा गरेको थियो ।
बुधबार एक विज्ञप्ति जारी गर्दै मौसम तथा प्राविधिक कारणले उक्त स्थानमा संचालन गर्न असहज भएको हुँदा वैकल्पिक स्थान संचालन गरिने जनाइएको हो ।
आयोजक जीवन विज्ञान प्रतिष्ठानका व्यवस्थापक किरण रुपाखेतीले विज्ञप्ति जारी गर्दै वैकल्पिक स्थानको क्षमता मध्यनजर गर्दै ६ फागुन साँझ ६ बजेसम्म दर्ता पूर्ण गरेर क्यूआर प्राप्त गरेका सहभागीलाई भने पूर्व निर्धारित समयमै चक्र विज्ञान कार्यक्रममा सहभागी गराइने जनाएका छन् । दर्ता प्रक्रियामा रहेकालाई अर्को वैकल्पिक मिति र स्थान व्यवस्था गरी उपयुक्त तवरले जानकारी गराइ नाम दर्ता गराउने विज्ञप्तिमा उल्लेख छ।
१० दिने कार्यक्रममा दैनिक १० हजार जनाको संख्यामा मानिस उतार्ने तयारी आयोजकको थियो ।
दैनिक खेलकुदका गतिविधि हुने पोखरा रंगशालामा उक्त कार्यक्रम हुन लागेपछि खेलकुदका विभिन्न संघसंस्थाले विरोध जनाउँदै आएका थिए । वैकल्पिक स्थानबारे आयोजकले जानकारी दिइसकेको छैन ।
यसैबीच, पोखरा रंगशालामै १० फागुनमा हुने भनिएको ‘गण्डकी स्वजागरण उत्सव’ भने रंगशालाकै आर्चरी खेल मैदानमा हुने जनाइएको छ । उक्त कार्यक्रम बिहान ११ बजेदेखि हुनेछ ।

सम्बन्धित खबर
प्रथम लायन्स कप अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनशीपको तयारी तीव्र
बिरौटामा सञ्चालित कोटिहोम महायज्ञको प्रचारका लागि साइकल र्याली
पोखराको कोटिहोम महायज्ञमा ११ हजार कलश शोभा यात्रा हुने
शान्ति निकेतनमा नयाँ शैक्षिक सत्रको पूर्वसन्ध्यामा अभिमुखीकरण
पोखराका होटलमा खानेपानी अभाव, व्यवसायीहरू पानी माग्दै संस्थानमा
प्रहरी जवानको परीक्षामा सहभागी नक्कली परीक्षार्थी पोखराबाट पक्राउ
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
तनहुँको गल्छिनामा दुई बाइक ठोक्किँदा १९ वर्षीय किशोरको मृत्यु
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
तनहुँमा माइक्रोबस र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु, १४ जना घाइते