हेमजा । किम्चेलाई ३–१ ले पराजित गर्दै ठकुरी समाजले प्रथम सिधिङ कप भलिबल प्रतियोगिता–२०८१ को उपाधि हात पारेको छ ।
पहिलो र अन्तिम २ सेट जित्दै उपाधि आफ्नो कोल्टोमा पार्न सफल भएका हो । किम्चे माथि (२५–१७, २३–२५, २५–१८, २८–२६) ले जित्दै उपाधि सँगै नगद रु ८५ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो । घान्द्रुकको किम्चेले उपविजेतामा चित्त बुझाउँदै नगद रु ५० हजार साथमा ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
गल्र्यङले घलेललाई पराजित गर्दै तृतीय स्थानका साथ नगद रु ३० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र गर्यो । घलेले सान्त्वना पुरस्कार स्वरूप नगद रु २०,हजारका साथ ट्रफी, मेडल र प्रमाणपत्र गर्यो । विधागत पुरस्कार तर्फ सर्वोत्कृष्ट खेलाडी विवेक ठकुरी, वेस्ट स्पाई कर समीर वि.क, वेस्ट सेटर अशोक ठकुरीले र वेस्ट मिडिल व्लकर विश्वास ठकुरीले प्राप्त गर्न सफल भए ।
भेट्रान्स खेल तर्फको फाईनलमा उत्तम समूहले तक्क्रोलाई पराजित गर्दै प्रथम स्थान हात पार्यो । तक्रोले द्धितिय स्थानमा सिमित रह्यो । भेट्रान्स प्रथमले नगद रु ३० हजार र द्धितियले नगद रु २० हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
घोडा दौड प्रतियोगितामा प्रथम हरि प्रसाद भण्डारीले नगद रु १५ हजार र द्धितिय उमनाथ पौडेले नगद रु १० हजार हात पारे ।
सिधिङ युनाइटेड यूथ क्लबको आयोजनामा माघ ३० गते देखि जारी साबिक वडा स्तरीय पुरुष भलिबल प्रतियोगिता सिधिङ खेलकुद मैदानमा भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै माछापुच्छ्रे गाउँपालिका अध्यक्ष मीन ब.गुरुङले खेलकुदले समाजमा एकता र समन्वयको भावना सिर्जना गर्न महत्वपूर्ण भुभिका खेलेको बताउँदै, माछापुच्छ्रे गाउँपालिकाले खेलकुदलाई प्राथमिकता राखेको बताए ।
गाउँपालिका प्रवक्ता एवं वडा न.२ का अध्यक्ष गणेश आचार्यले युवा र खेलकुद अहिलेको समाजको प्रमुख पक्ष हो । खेलकुदले युवाको जीवनमा सकारात्मक भूमिका खेलेको बताए ।
सिधिङ युनाइटेड यूथ क्लवका अध्यक्ष शुक बहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत कार्यक्रम संयोजक मोहन सिंह तामाङले र सञ्चालन क्लका सचिव प्रज्वल क्षेत्रीले गरेका थिए ।
सम्बन्धित खबर
पुतलीबजार राष्ट्रपति रनिङ शिल्डको उपाधि रोशनी माविलाई
लुम्बिनी लायन्सले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम यो वर्ष पनि फाइनलमा चुक्यो
एनपीएल फाइनलः लुम्बिनीसँग सुदूर पश्चिमको उपाधि भिडन्त शनिबार
गल्याङमा राष्ट्रपति रनिङ शिल्डको उपाधि भानुभक्त माविलाई
कोल्मा बराहचौरमा राष्ट्रिय स्तरको क्रस–कन्ट्री दौड पौष ८ मा
सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनलमा प्रवेश, विराटनगर पराजित
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला