अर्थमन्त्री पौडेल डिस्चार्ज, मेयर आचार्य केहिदिन अस्पतालमै रहने

अर्थमन्त्री पौडेल डिस्चार्ज, मेयर आचार्य केहिदिन अस्पतालमै रहने

bishnu-dhanraj

पोखरा । पोखरामा बेलुन विस्फोट हुँदा घाइते भएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा भर्ना भएका अर्थमन्त्री पौडेल सोमबार बिहान डिस्चार्ज भएका हुन् ।

जलनको भाउ निको हुँदै गएको र फोक्सोमा कुनै खराब असर नदेखिएकाले आज डिस्चार्ज गरिएको बताइएको छ ।

यस्तै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई भने केही दिन अस्पताल राखिने भएको छ ।

आचार्यको पहिलेदेखि नै उच्च रक्तचापको समस्या भएकाले हृदयरोग विशेषज्ञसँग परामर्श भइरहेको र केही दिन थप उपचार गर्नुपर्ने भएको अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।

साथै मेयर आचार्यसँग हुने भेटघाट पनि बन्द गरिएको विज्ञप्तिमा उल्लेख रहेको छ ।

शनिबार कास्कीको पोखरामा पोखरा भ्रमण वर्ष–२०२५ को उद्घाटनका क्रममा बेलुन उडाउने क्रममा विस्फोट हुँदा उनीहरु घाइते भएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ