विश्वकै प्रदूषित शहर बन्यो काठमाडौँ

विश्वकै प्रदूषित शहर बन्यो काठमाडौँ

Kathmandu bayu pradushan

काठमाडौँ । नेपालको राजधानी काठमाडौँ उपत्यका विश्वकै प्रदूषित शहर बनेको छ ।

वायु गुणस्तर मापन गर्ने स्वीस कम्पनी आइक्यू एअरले गरेको मापनअनुसार काठमाडौं उपत्यका शनिबार बेलुकी विश्वै प्रदूषित शहर बनेको हो ।

यतिखेर काठमाडौँको औषत वायु गुणस्तर सूचक (एक्यूआई) १७५ छ, जुन अस्वस्थकर अवस्था हो । ललितपुरको जावलाखेलको एक्यूआई २१३ पुगेको छ । त्यहाँको वायु प्रदूषण अवस्था अति अस्वस्थकर हो ।

विश्वमा उच्च वायु प्रदूषण भएका शहरको सूचीमा काठमाडौँपछि अफ्रिकी मुलुक कङ्गोको राजधानी किन्सासा दोस्रो स्थानमा छ ।

त्यसपछि क्रमशः चीनको वुहान, चीनकै साङ्घाइ, उज्वेकिस्तानको तासकन्द, म्यानमारको याङ्गुन, भियतनामको हनोइ, भारतको दिल्ली, बङ्गलादेशको ढाका र चीनको ह्वाङ्जावोले प्रदूषणको शीर्ष १० स्थानमा रेकर्ड राखेका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ