बागलुङको सामुदायिक वनमा डढेलो, एक सयभन्दा धेरै भेडीगोठ जोखिममा

बागलुङको सामुदायिक वनमा डढेलो, एक सयभन्दा धेरै भेडीगोठ जोखिममा

baglung_fire

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–६ सिंवाद्वार क्षेत्रमा लागेको आगो अझै निभाउन सकिएको छैन ।

शुक्रबार दिउँसोदेखि लागेको आगो निभाउन अझै नसकिएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले बताए ।

सिंवाद्वार, सीप, तिग्रापानी, कोस्काँ, सुन क्षेत्रका सामुदायिक वनमा आगो लागेको हो । आगलागीका कारण उक्त क्षेत्रमा रहेका एक सयभन्दा बढी भेडीगोठ जोखिममा रहेको उनको भनाइ छ ।

डढेलो लागेको क्षेत्र निसीखोलाका किसानहरूले भेडा चरनका रूपमा प्रयोग गर्ने ठाउँ हो ।

आगलागीको कारण अझै पत्ता लागेको छैन ।

आगो निभाउनका लागि स्थानीय र निसी प्रहरी चौकीबाट टोली खटिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ