अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यलाई हेलिकप्टरबाट काठमाडौँ लगियो

बेलुन पड्किएर घाइते:

अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यलाई हेलिकप्टरबाट काठमाडौँ लगियो

bishnu-paudel

पोखरा । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका लागि काठमाडौं लगिएको छ ।

प्रदर्शनी केन्द्र नयाँबजारमा पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक उद्घाटन गर्ने क्रममा  स्विच थिचेर पानसमा बत्ति बाल्ने क्रममा बेलुन आगोमा परेर बेलुन पड्किँदा अर्थमन्त्री पौडेल र मेयर आर्चाय घाइते भएका थिए ।

रिमोटबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालामा परेपछि ठूलो आवाजसहित बेलुन पड्किएको थियो। बेलुन फड्किएर आगो लाग्दा दुवैजनाको अनुहार जल्न पुगेको हो ।

अर्थमन्त्रीको तुलनामा मेयरको गालाको भाग बढी जलेको प्रत्यक्षदर्शीले बताए। उनीहरू दुवैजनालाई उपचारका लागि तत्काल फिस्टेल अस्पताल लगिएको थियो ।

अर्थमन्त्री पौडेल निकट स्रोतका अनुसार मन्त्री र मेयरलाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ