नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे मंगलबार स्याङ्जा आउने भएका छन् । अर्जुनचौपारी गाउँपालिकामा नवनिर्मित नेपालकै पहिलो नवग्रह मन्दिर उद्घाटन गर्न पाण्डे स्याङ्जा आउने भएका हुन् ।
स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका – १ पञ्चकन्या तथा जलवराह धार्मिक वन केटीचौर (सिमलचौर) मा अवस्थित पञ्चकन्या देवी मन्दिरको नजिकै नेपालकै पहिलो नवग्रह (नौ आकाशीय पिण्ड) मन्दिरको निर्माण गरिएको छ ।
नेपालमा ग्रहकै मात्र पूजा गरिने मन्दिर नभएको अवस्थामा पहिलोपटक नवग्रह मन्दिर अर्जुनचौपारीमा निर्माण गरिएको हो । घर तथा शक्तिपीठको एक नवग्रहको प्रतिमा राखेर पूजा गर्ने गरिएकोमा यहाँ नवग्रह मन्दिरको दर्शन तथा पूजा गर्न पाइने भएको हो ।
नवग्रह मन्दिर बनेसँगै पालिकाले प्राण प्रतिष्ठा तथा अनुष्ठान महाशिवरात्रीको अवसर पारेर गर्ने तयारी गरेको छ । यही फाल्गुन ६ देखि १४ गतेसम्म एक करोड २५ लाख दिप प्रज्वलन गरी भव्य रूपमा अनुष्ठान गर्ने गाउँपालिकाको तयारी रहेको छ ।
विरलै आउने महाकुम्भको समय अत्यन्त शक्तिशाली र पवित्र हुने हुँदा यसै अवसरमा अनुष्ठान सम्पन्न गर्ने गरी पालिकाले नवग्रह मन्दिरको निर्माण गरेको हो । आचार्य श्री चैतन्य कृष्ण महाराज गुरु प्रमुख वाचक रहने प्राण प्रतिष्ठा तथा अनुष्ठानमा राधिका दाशी, केएन स्वामी, लोकानन्द स्वामी लगायतले धार्मिक प्रवचन र देवी घर्ती, राजु ढकाल, खुमन अधिकारी लगायतका कलाकारले मनोरञ्जन दिनेछन् ।
सम्बन्धित खबर
सरकारी अस्पतालको लापरबाही, जाँच गर्न आएका बिरामीलाई म्याद गुज्रिएका औषधि
पर्यटनमन्त्री पाण्डेद्वारा सातौं स्याङ्जा महोत्सवको उद्घाटन
अर्जुनचौपारीमा निर्मित नवग्रह मन्दिरको पर्यटनमन्त्रीद्वारा उद्घाटन
नवग्रह मन्दिर प्राण प्रतिष्ठा तथा अनुष्ठानको तयारी पूरा, पर्यटनमन्त्री पाण्डे आउने
सातौं स्याङ्जा महोत्सवको तयारी पूरा: पर्यटनमन्त्री पाण्डेले उद्घाटन गर्ने
बिरुवा गाउँपालिकाको भवन अर्थमन्त्री पौडेलद्वारा उद्घाटन
यो पनि पढौँ
पोखरामा जीपको ठक्करबाट आमाको मृत्यु, छोरा गम्भीर घाइते
कुम्भ मेलाबाट फर्किँदै गर्दा नेपाली सवार गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु
पर्वतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, चालक गम्भीर
शानदार मःम पसलमा ग्यास विस्फोटः थप एकजनाको मृत्यु, मृतकको संख्या ४ पुग्यो