आहा ! रारा पोखरा गोल्डकपः चर्च ब्वाइजलाई हराउँदै पुलिस फाइनलमा

फुटबलः

आहा ! रारा पोखरा गोल्डकपः चर्च ब्वाइजलाई हराउँदै पुलिस फाइनलमा

बिहीबार थ्री स्टार र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी खेल्दै

nepal police team

पोखरा । चर्च ब्वाइज युनाइटेडलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ।

पोखरा रंगशालामा आज बुधबार सम्पन्न खेलमा पुलिसले चर्च ब्वाइजलाई १–० ले पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो।

पुलिसको जितमा सञ्जिव लामाले गरेको गोल नै निर्णायक बन्यो। पहिलो हाफ दुवै टोलीले गोलरहित बराबरी खेलेको थियो। तर, ५८औं मिनेटमा सञ्जिवले गोल गरे।

पोखरा गोल्डकपमा आजको खेल २५०औं हो । २०५८ सालमा क्याराभान गोल्डकपको नामबाट यो प्रतियोगिता शुरू भएको थियो ।

पोखरा गोल्डकपको दोस्रो सेमिफाइनलमा भोलि थ्री स्टार क्लब र उज्बेकिस्तानको ब्ल्याक बुल्स एफसी खेल्दैछन् । फाइनल खेल फागुन ३ गते शनिबार हुनेछ ।

२४औं संस्करणको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ