आहा ! रारा पोखरा गोल्डकप: साविक विजेता आर्मीलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

२४औं

आहा ! रारा पोखरा गोल्डकप: साविक विजेता आर्मीलाई हराउँदै चर्च ब्वाइज सेमिफाइनलमा

rara gold cup

पोखरा रगंशालामा सोमवार भएको तेस्रो क्वाटरफाइनलमा साविक विजेता त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै चर्च ब्वाइज युनाइटेड क्लब चौविसौँ आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

 खेलमा त्रिभुवन आर्मीबिरुद्ध चर्च ब्वाइजले १-० गोलको संघर्षपूर्ण जित निकालेको हो । चर्च ब्वाइजलाई जिताउन राज भुषालले महत्वपूर्ण योगदान दिए ।

भुषालले खेलकाे ८९औँ मिनेटमा गोल गर्दै टोलीलाई सेमिफाइनलमा पुर्‍याए । नवीन लामाकाे गरेको कर्नर प्रहारलाइ उनले हेडमार्फत गोल गरेका हुन् । चर्च ब्वाइजले अब फाइनल प्रवेशका लागि नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

मंगलबार भारतको थण्डरबोल्ट नर्थ युनाइटेड र उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीबीचको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल हुनेछ ।

भारतको थण्डरबोल्ट नर्थ युनाइटेडले प्रिक्वाटरफाइनलमा संकटा क्लबलाई पराजित गरी क्वाटरफाइनल प्रवेश गरेको टिम हो भने उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसी बाई पाएर सिधै क्वाटरफाइनल खेल्न लागेको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ