पोखराको काहुँमा बस दुर्घटना, सात घाईते

पोखराको काहुँमा बस दुर्घटना, सात घाईते

Kahunn (2)

पोखरा । पोखरा ११ को काहुँडाँडामा स्थानीय बस दुर्घटना हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।

दुर्घटनामा सात जना घाइते भएकोमा दुईको अवस्था अलिक गम्भिर रहेको हो । काहुँबाट पोखरा भ्याली तर्फ झर्दै गरेको ग १ ख ६०९८ नम्बरको पोखरा माइक्रो बस कालीका स्कूल तलको घुम्तीमा दुर्घटनामा परेको हो ।

गाडीमा १७ जना रहेको सूचना आएको वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक दिपक केसीले जानकारी दिए । गम्भीर घाइते दुई जनाको मनिपाल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

ओरालो घुम्तीमा स्टेरीङ नकाटिएर दुर्घटना भएको केसीले जानकारी दिए ।

तस्विरः नारायण कुइकेल

नोटः तस्विर अद्यावधिक गरिएको

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ