नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको बस सेतीदोभान पुलबाट खस्दा २३ जना घाइते

नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको बस सेतीदोभान पुलबाट खस्दा २३ जना घाइते

accident2025-02-09-07-20-29

चितवन। नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बस नारायणगढ–मुग्लिन सडकखण्डको सेतीदोभान पुलबाट खसेको छ ।लु प्र ०३–००१ ख ००७७ नम्बरको बस आज बिहान ४ः३० बजे सेतीदोभान पुलबाट खसेको हो । दुर्घटनामा २३ जना घाइते भएका छन् ।

इलाका प्रहरी कार्यालय मुग्लिनकी प्रमुख प्रहरी निरीक्षक निरला भण्डारीले बस दुर्घटनामा बसमा सवार २८ जनामध्ये २३ जना घाइते भएको जानकारी दिइन् ।

उनका अनुसार घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य यात्रु सकुशल छन् । ‘टायर पञ्चर’ भएर बस अनियन्त्रित भएर दुर्घटनामा परेको हुनसक्ने आशंका गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ