रोटरी क्लबद्वारा केशवटार माविमा अभिभावक सचेतना कार्यक्रम

रोटरी क्लबद्वारा केशवटार माविमा अभिभावक सचेतना कार्यक्रम

rtn4

तनहुँ । व्यास १४ केशवटार स्थित केशवटार माविमा शनिवार अभिभावक सचेतना कार्यक्रम सम्पन्न भएको छ । रोटरी क्लब अफ दमौलीको आयोजना तथा व्यास नगरपालिकाको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । अभिभावकलाई सचेत पार्दै शिक्षाको गुणस्तर वृद्धि सँगै बालको सर्वाङ्गिण विकासमा मदत पु¥याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रम व्यास १४ का वडा अध्यक्ष काजिमान श्रेष्ठको प्रमुख आतिथित्वमा सम्पन्न भयो । कार्यक्रममा बोल्दै श्रेष्ठले अभिभावक सचेतना कार्यक्रमले केशवटार माविलाई उक्त क्षेत्रको नमुना विद्यालय बनाउने वडाको योजनालाई थप सघाउ पुगेको बताए । सामुदायिक विद्यालयप्रति अभिभावकको चासो घट्दै गइरहेको चर्चा गर्दै उनले कार्यक्रम व्यवहारिक तथा महत्वपुर्ण भएको बताए । रोटरी र विद्यालयको नाताले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिमा योगदान पुग्ने श्रेष्ठको विश्वास थियो ।

त्यस्तै गरी विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष बसुन्धरा भट्टराईले विद्यालयमा खानेपानी तथा शौचालयको समस्या समाधानमा पहल गर्न रोटरी क्लबसँग आग्रह गरिन् । सामुदायिक विद्यालयमा अभिभावकको कम चासोका कारण सोचे जस्तो प्रतिफल पाउन नसकेको उनको गुनासो थियो । विद्यालयका प्रअ दुर्गा वहादुर थापाले रोटरीको रचनात्मक सहयोग प्रति धन्यवाद ज्ञापन गर्दै विद्यालयको शैक्षिक स्तर उकास्न अभिभावक सचेतना अति आवश्यक भएको बताए । शिक्षक, विद्यार्थी र अभिभावक बिचको त्रिकोणात्मक सम्बन्ध बलियो भए मात्र विद्यालयको अपेक्षित विकास सम्भव हुने उनको भनाई थियो ।

कार्यक्रममा रोटरीका अध्यक्ष सन्तोष श्रेष्ठले रोटरीले शिक्षा, स्वास्थ्य लगायतका सामाजिक क्षेत्रमा पु¥याएको योगदानको चर्चा गरेका थिए । रोटरी सेवालाई नै प्रमुख मन्त्र मानेर अगाडि बढेको विशुद्ध सामाजिक संस्था भएको उनको भनाइ थियो । कार्यक्रममा अभिभावक ज्योति आले, उजेली वि.क लगायतले  आफ्नो धारण राखेका थिए ।
अभिभावकलाई रोटरीयन बिना कैनीले प्रशिक्षण दिएकी थिइन् । उनले बाल विकास, बाल अधिकार, बाल अधिकार, बाल संरक्षण, बाल सहभागीता, सरसफाइका सुचक, बालबालिका प्रति शिक्षक तथा अभिभावकको दायित्व लगायतको विषयमा सैदान्तिक तथा व्यवहारिक रुपमा प्रशिक्षण दिएकी थिइन् । त्यस्तै क्लबका निवर्तमान अध्यक्ष महेन्द्र न्यौपानेले बाल मनोविज्ञान बुझी बालकको रुचि, चाहना अनुसार कसरी व्यवहार गर्ने भन्ने सम्बन्धमा  प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा क्लबका पुर्व अध्यक्षहरु देवकुमार श्रेष्ठ, वानेश्वर मल्ल, रजिनलाल श्रेष्ठ, इनरह्वील क्लबकी निवर्तमान अध्यक्ष निर्मला मल्ल, अध्यक्ष अरुणा श्रेष्ठको समेत उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा धन्यवाद ज्ञापन पुर्व अध्यक्ष देवकुमार श्रेष्ठले गरेका थिए भने कार्यक्रम सञ्चालन सहसचिव गिरिजा सुवेदीले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ