नारायणघाटबाट काठमाडौँ जाँदै गरेको माइक्रो धादिङमा दुर्घटना, ५ जना घाइते

नारायणघाटबाट काठमाडौँ जाँदै गरेको माइक्रो धादिङमा दुर्घटना, ५ जना घाइते

accident

धादिङ । नारायणघाटबाट काठमाडौँ जाँदै गरेको माइक्रो धादिङमा दुर्घटना भएको छ।

शनिबार बिहान ८ बजे धादिङको बेनीघाट रोराङ गाउँपालिका–१० पानीधारास्थित पृथ्वी राजमार्गमा नारायणघाटबाट जाँदै गरेको बा २ ख ७६३६ नम्बरको माइक्रो आफै अनियन्त्रित भएर सडकमा पल्टिएको हो।

दुर्घटनामा परी ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

घाइते हुनेमा भरतपुर महानगरपालिका–९ का ४३ वर्षीय प्रकाश अधिकारी, वडा नम्बर ७ का ५० वर्षीय मनबहादुर पुन, वडा नम्बर ८ की २५ वर्षीया स्वस्तिका पौडेल, २३ वर्षीया अञ्जली रिजाल र वडा नम्बर ५ का ५० वर्षीय सुदर्शन थापा छन्।

उनीहरूको प्रशान्त फार्मेसी चौकीटारमा उपचार भइरहेको छ।

माइक्रो र चालकलाई प्रहरी चौकी जोगीमाराले नियन्त्रणमा लिएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ