गोरखा । गोरखाका लोकप्रिय कर्खा गायक लालबहादुर गन्धर्वको निधन भएको छ । भीमसेनथापा गाउँपालिका–१ घ्याम्पेशाल निवासी उनको ८० वर्षको उमेरमा बिहीबार निधन भएको हो ।
उनी केही समययता क्यान्सरबाट पीडित थिए । घ्याम्पेशालस्थित आफ्नै निवासमा उनको निधन भएको परिवार स्रोतले जनाएको छ । ९ वर्षको कलिलै उमेरदेखि उनले सारंगी बजाउने गर्थे । सारंगी बजाउने कलाले उनलाई रेडियो नेपालमा जागिर खाने अवसर प्राप्त भएको थियो ।
२०२२ सालमा रेडियो नेपालमा जागिरे भए । २० वर्षको कलिलो उमेरमा उनी भूमि सुधारको कर्खा गएर तत्कालीन राजा महेन्द्रको रोजाइमा परेका थिए । २०२२ सालमा ‘खरबारीको छेउ’ बोलको गीत रेकर्ड गराइ २०२७ सालसम्म रेडियो नेपालमा जागिरेका रुपमा सेवा गरेका थिए ।
९० सालको महाभूकम्प, पृथ्वीनारायण शाहको जीवनी, जंगबहादुरको सत्ता उत्थान, विश्वयुद्ध, डाँफे चरी लगायतका कर्खा, सवाई उनले रेडियो नेपालबाट गायका थिए । यहीबाट उनले राष्ट्रिय स्तरको चर्चा समेत बटुल्न सफल भएका थिए ।
२०७६ सालमा काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा ‘लालबहादुर गन्धर्व सारंगी साँझ’ समेत भएको थियो । धर्मराज थापाले गाएको ‘हाम्रो तेनजिङ शेर्पाले चढ्यो हिमाल चुचुरा’ बोलको गीत प्रायः उनी गाउने गर्थे ।
सम्बन्धित खबर
‘ब्याक टु नाइन्टिज’मा शनिबार गुञ्जिँदै सात पोखरेली ब्याण्ड
लमजुङका मालपोत कार्यालय प्रमुख नहुँदा कामकाज प्रभावित, कर्मचारीले पाएनन् तलब
सुन्तला बेचेर बर्सेनि ४५ लाख कमाउँछन् पर्वतका पूर्व शिक्षक
बागलुङमा १४० रोपनी झाडी फाँडेर ओखरखेती
‘व्याक टु नाइन्टिज’ भोलि, तयारी पूरा
गोरखाका कर्खा गायक लालबहादुर गन्धर्वको निधन
यो पनि पढौँ
तनहुँको सत्र सयमा दुर्घटना, भरतपुरकी युवतीको मृत्यु
हाइड्रोपावरको लोडर पल्टिँदा लमजुङका घलेको मृत्यु
तनहुँमा टिपरले ठक्कर दिँदा पोखराकी अप्सरा क्षेत्रीको मृत्यु, छोरा घाइते
गण्डकीमा प्रदेश दिवसमा माघ २२ गते सार्वजनिक बिदा