काठमाडौँमा ड्युटीमा खटिएको प्रहरीमाथि हातपात, दुई गम्भीर घाइते

काठमाडौँमा ड्युटीमा खटिएको प्रहरीमाथि हातपात, दुई गम्भीर घाइते

kutpit-jhagada

काठमाडौँ । काठमाडौँको ठमेलमा ड्युटीमा खटिएका प्रहरीमाथि हातपात भएको छ ।

बिहीबार राति ड्युटीमा खटिएका दुई प्रहरीमाथि हातपात भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रहरी वृत्त, दरबारमार्गअन्तर्गतको केशरमहल बिटबाट खटिएको क्विक रेस्पोन्स टीम (क्युआरटी) का प्रहरीमाथि गए राति १२ बजे आक्रमण भएको हो । आक्रमण गर्ने व्यक्तिहरु अस्कल क्याम्पसमा अध्ययनरत विद्यार्थी नेताहरु रहेको आशंका गरिएको छ । यसबारे पुष्टि गर्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रहरीले सीसीटीभी फुटेजमार्फत व्यक्ति पहिचानको काम भइरहेको बताएको छ । प्रहरीका अनुसार मदिरा पिएको ५/६ जनाको समूहले प्रहरीमाथि हातपात गरेको थियो । हातपात गर्ने व्यक्तिको खोजी सुरु गरिएको छ ।

आक्रमणबाट प्रहरी हवल्दार जगुलाल घर्तीको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ । प्रहरी जवान नगेन्द्रराज विष्टको आँखा र अन्य भागमा गम्भीर चोट लागेको प्रहरी स्रोतले जनाएको छ । उनीहरूको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ