१००अौँ जन्मदिन मनाउँदै राष्ट्रकवि घिमिरेले भने, ‘झन् जवान महसुस भइरहेछ’

१००अौँ जन्मदिन मनाउँदै राष्ट्रकवि घिमिरेले भने, ‘झन् जवान महसुस भइरहेछ’

madhavprasadghimire

काठमाडौं : राष्ट्रकवि माधव घिमिरे अाइतबार १००औँ जन्मदिन मनाउँदैछन्। १००औँ जन्मदिनको अवसरमा घिमिरे काठमाडौं लैनचौरस्थित निवासमै विशेष पूजामा सहभागी भएका छन्। ‘१००औँ जन्मदिन मनाइरहँदा कस्तो अनुभव भइरहेको छ?’, थाहा खबरको प्रश्नमा उनले भने, ‘म सय वर्ष बाँचेकै जनताको आशीर्वाद र मायाले हो। सबैको मायाले झन् जवान भएको अनुभूति भइरहेको छ।’

जीवनका आरोह अवरोहमा धर्मपत्नी महाकालीले बिनास्वार्थ स्याहार सुसार गरेकीले अाफू यो अवस्थामा अाइपुगेको उनले बताए। घिमिरे लमजुङको पुस्तुनमा वि.सं. १९७६ असोज ७ गते पिता गौरीशङ्कर र माता द्रौपदीका जेठा छोराका रूपमा जन्मिएका थिए। राष्ट्रकवि घिमिरेकी  धर्मपत्नी महाकाली भोलि ८४ लाग्दैछिन्।

‘आफ्नी जीवनसंगिनीको ८४ को पूजा खाने भाग्यमानी श्रीमान् हुन पाउँदा खुशी लागेको छ’, उनले भने, ‘आफू सय वर्ष पुगेकोभन्दा श्रीमती ८४ पुगेको कुराले बढी हर्षित छु।’ ‘अब भने बुढ्यौली लागेको अनुभूति भइरहेको छ’, घिमिरेकी पत्नी महाकालीले भनिन्। राष्ट्रकविलाई शुभकामना दिन केहीबेरमा राष्ट्रपति विद्यादेवी भण्डारी लैनचौर पुग्ने कार्यक्रम छ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ