प्रधानमन्त्री ओलीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्दै

प्रधानमन्त्री ओलीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीसँग संवाद गर्दै

KP_Oli 10

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग भिडियो संवाद गर्ने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारको एक्सन रुमबाट संवाद हुनेछ ।

प्रधानमन्त्री ओलीले प्रदेशहरूमा विकास निर्माण तथा आयोजनाहरूको प्रगतिबारे मुख्यमन्त्रीहरूसँग जानकारी लिन लागेका हुन् ।

प्रधानमन्त्री कार्यालयमा रहेको एक्सन रुम अघिल्लो कार्यकालमा ओली आफैंले स्थापना गरेका हुन् । उनले १५ जेठ २०७६ देखि अत्याधुनिक सुविधासहितको एक्सन रुम तयार गरेर सञ्चालनमा ल्याएका थिए । ६ असोज, २०७६ मा एक्सन रुममा करिब एक घण्टा बसेर उनले विभिन्न आयोजनाहरुको प्रगति र अवस्था जानकारी लिएका थिए ।

यस्तै, आज २ बजे सगरमाथा संवाद तयारी बैठक पनि हुँदैछ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ