पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका स्थित पर्यटकीय गाउँ घान्द्रुकमा ‘घान्द्रुक पर्यटन महोत्सव- २०८१’ आगामी फागुन ७ देखि १० गतेसम्म हुने भएको छ ।
घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा घान्द्रुक पर्यटन महोत्सव आगामी फागुन ७ देखि सुरु हुने जानकारी दिएका हुन्।
‘सबै मौसममा पर्यटन’ भन्ने नाराका साथ ‘घान्द्रुक पर्यटन महोत्सव’ फागनु ७ देखि १० गतेसम्म सञ्चालन गर्दैछौं’, अध्यक्ष गुरुङले भने, ‘४ दिनसम्म सञ्चालन हुने महोत्सवमा विभिन्न समुदायमा प्रचलित साँस्कृतिक र खेलकुदका कार्यक्रमहरु समावेस गरेका छौँ ।’
उनका अनुसार महोत्सवमा विभिन्न साँस्कृतिक कार्यक्रमका साथै गायिका शान्ति श्री परियारको विशेष प्रस्तुती रहने छ । भने यही वर्षदेखि सुरु भएको घान्द्रुक चक्रीय पदमार्गमा दौड प्रतियोगितासमेत आयोजना हुनेछ ।
अध्यक्ष गुरुङले घान्द्रुक गाउँ सबै मौसमका लागि घुम्न उपयुक्त ठाउँ रहेको जानकारी दिने तथा खेलकुदको विकास गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । साथै महोत्सवले पर्यटकीय गतिविधिलाई अझै उचाइमा पुर्याउनका लागि टेवा पुर्याउने उनले विश्वास व्यक्त गरे ।
मेश्रम बराह मावि घान्द्रुकको प्राङ्गणमा हुने महोत्सवमा पुरुष भलिबल, भेन्ट्रान्स भलिबल, खुल्ला बास्केटबल, घोडा दौड, छेलो लगायतका प्रतियोगिता आयोजना गरिएको छ ।
पुरुष भलिबल र खुल्ला बास्केटबल प्रतियोगिताको विजेताले क्रमशः नगद १ लाख २२ हजार २ सय २२ र उपविजेताले ७७ हजार ७ सय ७७ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने महोत्सव संयोजक अमृत लामा गुरुङले जानकारी दिए । यी दुबै प्रतियोगितामा सहभागिताका लागि ६ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
यस्तै, भेन्ट्रान्स भलिबल प्रतियोगिताको विजेताले नगद ३० हजार र उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछन् । भेन्ट्रान्स भलिबलमा सहभागिताका लागि ३ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।
त्यस्तै महोत्सवमा आयोजित घोडादौड प्रतियोगितामा प्रथम हुनेले ६० हजार, दोस्रो हुनेले ४० हजार र तेस्रो हुनेले २० हजार तथा सान्त्वना हुने दुई जनाले ५/५ हजार पुरस्कार प्राप्त गर्नेछन् । घोडादौडका लागि ९.५ कि.मी. निर्धारण गरिएको छ।
यसैगरी, छेलो प्रतियोगितामा प्रथम हुनेले १५ हजार र दोस्रो हुनेले १० हजार पुरस्कार प्राप्त गर्ने आयोजकले जनाएको छ।
सम्बन्धित खबर
पुस्तकालय व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
‘निट पत्रकारिता पुरस्कार’बाट कोइराला पुरस्कृत
पोखरामा सँगै मदिरा पिएपछि विवाद हुँदा साथीको हत्या, दुई जना पक्राउ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
एन प्याब्सनको बृहत् बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद, १५ सय विद्यार्थी प्रतिस्पर्धा गर्दै
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
इन्धनबाट चल्ने गाडीहरु विस्थापन हुँदा सयौँ मजदुरहरु पलायन हुने स्थिति आयोः श्रेष्ठ
कल्याण श्रेष्ठले सरकार ढाल्न लागेको चर्चाका बीच उनकै निवास पुगिन् प्रधानमन्त्री कार्की