आजदेखि स्याङ्जामा महिलाहरूको पाठेघरको मुखको क्यान्सर रोकथामका लागि नि:शुल्क एचपीवी खोप अभियान सुरु भएको छ । अभियानको सुरुको दिनमै ४२.२ प्रतिशतले उक्त क्यान्सरविरुद्धको खोप लगाएका हुन् ।
आजदेखि २८ गतेसम्म यहाँका ११ वटै स्थानीय तहहरुमा एकैपटक यो अभियान सञ्चालन हुँदैछ । जिल्लाभर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका नौ हजार तीन सय १९ जना किशोरीहरुलाई यो खोप दिने लक्ष्य छ ।
आज पहिलो दिनमा पुतलीबजार नगरपालिकामा एक हजार सात सय २० जना मध्ये ६८९, भीरकोट नगरपालिकामा ८३३ जना मध्ये ३८९, वालिङ् नगरपालिकामा एक हजार नौ सय ८० जना मध्ये ५८१, गल्याङ नगरपालिकामा एक हजार एक सय ११ जना मध्ये ५११, चापाकोट नगरपालिकामा आठ सय ९० जना मध्ये ४२२ किशोरीलाई खोप लगाइएको प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाका प्रमुख केशव चापागाईंले जानकारी दिए ।
यस्तै, अर्जुनचौपारी गाउँपालिकामा चार सय ३७ जना मध्ये ३२५, फेदीखोला गाउँपालिकामा चार सय ६४ जना मध्ये १४८, बिरुवा गाउँपालिकामा चार सय २६ जना मध्ये १५७, हरिनास गाउँपालिकामा चार सय ६१ जना मध्ये ३६२, कालीगण्डकी गाउँपालिकामा पाँच सय ९८ जना मध्ये ३४६ किशोरीलाई खोप लगाइएको प्रमुख चापागाईंले बताए । आँधीखोला गाउँपालिकाका तीन सय ९९ जनामा खोप अर्को दिन लगाइने चापागाईंले जानकारी दिए ।
महिलाहरुको पाठेघरको मुखको क्यान्सर रोकथाम तथा नियन्त्रणका लागि जिल्लाका ३१९ वटा खोप केन्द्रबाट स्वास्थ्यकर्मी तथा स्वयंसेवकको सहयोगमा एचपीवी खोप लगाइने उनले बताए । अन्त्यमा यहाँका स्वास्थ्य संस्थामा खोप लगाउने व्यवस्था गरिएको प्रदेश जनस्वास्थ्य कार्यालय पुतलीबजार स्याङ्जाले जनाएको छ ।
आजदेखि आउँदो फागुन ६ गतेसम्म देशभरका १० देखि १४ वर्षसम्मका बालबालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क एचपीभी खोप अभियान सञ्चालन हुँदैछ ।
खोप सुरक्षित र प्रभावकारी भएकाले ढुक्क भएर लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ ।
सम्बन्धित खबर
स्याङ्जामा एचपीभी खोप अभियान सुरू, पहिलो दिन ४२ प्रतिशतले लगाए
लगाएको कपडामा आगो सल्किँदा एक वृद्धको मृत्यु
विश्वकपमा सहभागी खेलाडी सम्मानित
वालिङ्मा स्कार्पियो दुर्घटना, पाँच घाइते
स्याङ्जाको बाँगेमा सरस्वती मन्दिर सिलन्यास
७ औं स्याङ्जा महोत्सव फागुन ६ देखि, तयारी अन्तिम चरणमा
यो पनि पढौँ
तनहुँको सत्र सयमा दुर्घटना, भरतपुरकी युवतीको मृत्यु
हाइड्रोपावरको लोडर पल्टिँदा लमजुङका घलेको मृत्यु
गण्डकीमा प्रदेश दिवसमा माघ २२ गते सार्वजनिक बिदा
आगलागीबाट घाइतेलाई काठमाडौं लैजाँदै गर्दा बाटोमै अस्ताए एकै परिवारका तीन जना