गण्डकीमा प्रदेश दिवसमा माघ २२ गते सार्वजनिक बिदा

गण्डकीमा प्रदेश दिवसमा माघ २२ गते सार्वजनिक बिदा

Sarbajanik-Bida-Public-Holiday-Gandaki-Pradesh-bida

पोखरा । गण्डकी प्रदेशको स्थापना दिवसका अवसरमा माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने भएको छ । यसको निर्णयका लागि सोमबार बिहान १० बजे मन्त्रिपरिषदको बैठक बस्ने भएको छ ।

यसअघि प्रदेश सभा र प्रदेश सरकारको स्थापना दिवस अलगअलग मनाइने गरेकामा यसपालि एकैदिन मनाइन लागेको हो ।

प्रदेश प्रमुख डिल्लीराज भट्टको प्रमुख आतित्थ्यतामा माघ २२ गते ११ बजे प्रदेश सभा सचिवालय परिसरमा कार्यक्रम गरिने भएको छ ।

२०७४ माघ २२ गते गण्डकीमा पहिलो संसद् बैठक बसेको भएकाले त्यसै दिनलाई प्रदेश सभाले आफ्नो स्थापना दिवसका रुपमा मनाउँदै आएको थियो ।

२०७४ फागुन ४ गते संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सपथ लिएको दिनलाई प्रदेश स्थापना दिवसका रुपमा मनाइको थियो । २०७८ बाट त उक्त दिनमा प्रदेशभर सार्वजनिक बिदा दिन थालिएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds