अछाम । अछामको ढकारी गाउँपालिका–१ का १४ वर्षीया इशरा खड्का र १५ वर्षीया सरस्वती खड्काको हत्या भएको प्रहरीले पुष्टि गरेको छ । घटना प्रेम प्रस्ताव अस्वीकार गर्दा घटेको प्रहरीको निष्कर्ष छ ।
घटनाबारे अछाम प्रहरीले शनिबार बिहान पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो । १७ र १५ वर्षका दुई जना किशोरले हत्या गरेको खुलेको हो । उनीहरूले घटनामा आफ्नो संलग्नता स्वीकार गरेका छन् । उनीहरूलाई ज्यान मार्ने कसुरमा जिल्ला अदालत अछामबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
हत्या गरिनुको मुख्य दुईवटा कारण खुलाइएको छ । जसमा मायाको चिनो चुन्नी माग्दा नदिएको, शारीरिक सम्पर्कको प्रस्ताव अस्वीकार गर्दा हत्या भएको उल्लेख छ ।
प्रहरीले उनीहरुको परिवर्तित नाम (६९ मंगलसेन ७३) र (६९ मंगलसेन ७६) राखेको छ । बालक भएकाले उनीहरुको नाम नखुलाइएको अछामका प्रहरी नायव उपरीक्षक ईश्वरीप्रसाद भण्डारीले बताए ।
प्रहरीका अनुसार अनुसन्धानका क्रममा मृतक इशरालाई १५ वर्षीय बालक र र मृतक सरस्वती खड्कालाई १७ वर्षका किशोरले प्रेम गर्ने खुलेको छ । ती बालकहरुले यो कुरा स्वीकार गरेको प्रहरीले जनाएको छ ।
१७ वर्षका किशोरले सरस्वतीसँग मायाको चिनो चुन्नी मागेका थिए । ‘उनले दिन अस्वीकार गरिन,’ डीएसपी भण्डारीले भने, ‘सोही व्यक्तिले सरस्वतीलाई शारीरिक सम्पर्कका लागि प्रस्ताव गरे । सरस्वतीले उनको त्यो प्रस्ताव पनि अस्वीकार गरिन् ।’
यही विषयमा विवाद भई दुई किशोरीको हत्या भएको प्रहरीको निष्कर्ष छ । अघिल्लो शुक्रबार बाख्रा चराउन गएका दुई जना किशोरी अर्को दिन शनिबार शरीरमा ढुङ्गाले थिचेको अवस्थामा मृत फेला परेका थिए ।
घटना विवरणः
दुवै किशोर हत्याको दुई दिनअघि मङ्गलसेनबाट डुफा आएका थिए । प्रहरीकाअनुसार उनीहरूले पटकपटक फोन गरेर भेट्न बोलाएको देखिन्छ ।
माघ ११ गते भेट्ने योजना बनाई बिहान १० बजे खोलामा गई केटीहरूलाई ढुकेर बसेका थिए । मृतक दुवै केटी १२ बजे रिमरौहा खोला नजिकैको खोरबाट बाख्रा ल्याई नजिकैको वनमा चराउन आएका थिए ।
त्यसपछि ती दुवै किशोरसँग उनीहरूको भेट भएको पाइएको प्रहरीले बताएको छ । सरस्वतीले मोबाइलबाट नाम परिवर्तित ६९ मंगलसेन ७६ को सेयर इटबाट भिडिओ सेयर गरेका थिए । त्यसपछि सोही जङ्गलमा रहेको छिन्ने ओडार भन्ने स्थानमा रहेको ठूलो ढुङ्गामा ती दुई सरस्वती र इशरासँग बसेका थिए ।
ती दुवै किशोरले सरस्वती र इशरासँग माया चिनो भनेर दोपट्टा मागेका थिए ।
डीएसपी भण्डारीले भने, “इशराको सेतो दोपट्टा खोसेर परिवर्तित नाम ६९ मंगलसेन ७३ ले लिए । तर, सरस्वतीले भने दोपट्टा ६९ मंगलसेन ७६ लाई दिन मानिनन् । त्यसपछि उनले सरस्वतीको इयरफोन खोसे । इयरफोन आफ्नो दाइको भन्दै इशराले ६९ मंगलसेन ७६ सँग फिर्ता मागेकी थिइन् ।”
ढुङ्गामा बसेका उनीहरूबीच दोपट्टा खोसाखोस भएपछि विवाद सुरु भएको देखिन्छ ।
विवादपछि इशरा बाख्रा हेर्ने भन्दै जङ्गलतर्फ लागिन् । सरस्वती ढुङ्गाको तलतिर उभिएकी थिइन् ।
“सोही समयमा ६९ मंगलसेन ७६ ले सरस्वतीलाई यौन सम्पर्क गर्न दिन प्रस्ताव राखेको देखिन्छ । तर, सरस्वती उनको प्रस्तावलाई अस्वीकार गर्दै खोलातर्फ लागिन् । सोहीक्रममा किशोरले ढुंगाले सरस्वतीको टाउको पछाडि प्रहार गरे । सरस्वती ढुङ्गाको प्रहारबाट बेहोस् भइन् र भुइँमा ढलिन् । उनको त्यही मृत्यु भएको देखिन्छ ।” भण्डारीले घटनाबारे भने ।
त्यसपछि इशराले घटनाबारे थाहा नपाओस् भनेर उनको पनि हत्या गरेको पाइएको छ ।
डीएसपी भण्डारीले भने, “इशरा साथी ढलेका स्थानमा पुग्दा बेहोस् देखिन् । ती केटाहरूले यो घटनाबारे कसैलाई नभन्नु भनेर भने । इशरा घटनापछि घर जान खोज्दा केटाहरूले छेके र धकेले । ६९ मंगलसेन ७३ ले ढुङ्गा समातेर इशराको निधारमा प्रहार गरे । ढलेको अवस्थामा अर्का केटाले पनि इशराका निधारमा हानेर हत्या गरे ।”
पक्राउ परेका दुई किशोरले हत्या गरेको स्वीकारेको र अन्यको संलग्नताबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर उनीहरुमाथि अनुसन्धान गरिरहेको छ ।
घटनामा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय अछामको टोलीले अनुसन्धान गरिरहेको छ ।
सम्बन्धित खबर
अछाम दुई किशोरी मृत्यु प्रकरण : प्रेम प्रस्ताव अस्वीकार गर्दा हत्या भएको प्रहरीको निष्कर्ष
कञ्चनपुरको भीमदत्त नगरपालिकाका कांग्रेस सभापति मृत भेटिए
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक आठ घण्टा मात्रै बन्द हुने
आजको मौसम पूर्वानुमान
बढ्यो इन्धनको मूल्य
‘म त ढलेँ, ढलेँ’ गीत गुनगुनाउँदै प्रधानमन्त्रीले भने- ‘ढल्यो, ढल्यो ! उत्सवमा सुहाउला, राजनीतिमा होइन’
यो पनि पढौँ
तनहुँको सत्र सयमा दुर्घटना, भरतपुरकी युवतीको मृत्यु
हाइड्रोपावरको लोडर पल्टिँदा लमजुङका घलेको मृत्यु
पोखराको साइमनबाट झण्डै १५ लाख चोरेर फरार दुई पूर्वकर्मचारी बुटवलमा पक्राउ
आईटी सेवामा पनि प्रवेश गर्यो सिटिजन ग्रुप