तनहुँको सत्र सयमा दुर्घटना, भरतपुरकी युवतीको मृत्यु

दुर्घटना

तनहुँको सत्र सयमा दुर्घटना, भरतपुरकी युवतीको मृत्यु

tanahun bus

तनहुँमा यात्रुवाहक बस दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् ।

पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–१ सत्रसयमा दमौलीबाट  मुग्लिनतर्फ जाँदै गरेको ग १ बा ख २९९ नम्बरको बस दुर्घटनामा परेको हो।

दुर्घटनामा परेर चितवनको भरतपुर महानगरपालिकाको श्रृष्टीचोक बस्ने २२ बर्षकी सुमिना सापाकोटाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी अशोक थापाले बताए। उनको घुँडा र मुखमा गम्भीर चोट लागेको थियाे। आँबुखैरेनी अस्पतालमा उपचारको क्रममा ज्यान गएको डिएसपी थापाले जानकारी दिए।

बसका चालक तनहुँको भानु नगरपालिका– ५ बस्ने ३५ वर्षीया रविन्द्र घलेलाई प्रहरीले नियन्त्रणमा लिएको छ। बसको चालकले नियन्त्रण गुमाई बस सडक छेउको कल्भर्टमा पल्टिएको हो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क


This will close in 4 seconds