पोखरा । त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ फाइलनमा प्रवेश गरेको छ । पोखरा रंगशालामा शुक्रबार भएको खेलमा आर्मीलाई ३–२ ले पराजित गर्दै पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको हो ।
पहिलो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको पुलिसले दोस्रो सेट २२–२५ ले आर्मीलाई सुम्पिएको थियो । तेस्रो सेट २५–२२ ले जितेको पुलिसले पुनः चौथो सेट २३–२५ ले हार बेहोरेको थियो । तर, पाँचौ सेटमा उत्कृष्ट प्रदर्शन गर्दै १५–१२ जित निकाल्यो । पराजित भएको आर्मीले अब गण्डकी प्रदेश र भारतको सुनिल भलिबलबिचको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ ।
यसअघि शुक्रबार बिहान भएको खेलमा आयोजक टाइगर ग्रुपलाई पराजित गर्दै सशस्त्र प्रहरी बल एपिएफ महिलातर्फ फाइलनमा प्रवेश गरेको थियो । पराजित भएको आयोजक टाइगर ग्रुपले शनिबार फाइलन प्रवेशका लागि टिपटक न्यू डायमण्ड स्पोटर््स क्लबसँग प्रतिष्पर्धा गर्नेछन् ।
अब आजको तेस्रो खेल पुरुषतर्फको एलिमिनेटर हुनेछ । एलिमिनेटरमा गण्डकी प्रदेश र भारतको सुनिल भलिबल क्लब प्रतिष्पर्धा गर्नेछन् । एलिमिनेटरको विजेताले आर्मीसँग दोस्रो क्वालिफायर खेल्नेछ ।
सम्बन्धित खबर
‘एक्याप खारेज गर्नुपर्छ, स्थानीयले प्राकृतिक स्रोत उपयोग गर्न पाएनौँ’
मेयर धनराज आचार्य १२ दिनपछि डिस्चार्ज
आज मगर एकता दिवसः नवलपुरका सबै स्थानीय तहमा सार्वजनिक बिदा
फेवाताल किनारमा भोलिदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’
महाशिवरात्रि पर्वका अवसरमा प्रदेश प्रमुखद्वारा शुभकामना व्यक्त
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
यो पनि पढौँ
जापानमा पीएचडी गरिरहेका सडक विभागका कर्मचारीको निधन
पोखरा लेकसाइडमा २० औं फेवा महोत्सव हुने
पोखरामा माटोको ढिस्कोले पुरिएर धादिङका बस्नेतको मृत्यु
पोखरामा सशस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी इन्स्पेक्टर महतको पोष्टमार्टम