बसन्त थापाको ‘मयाली’ सार्वजनिक

गीत संगीत

बसन्त थापाको ‘मयाली’ सार्वजनिक

Screenshot 2025-01-31 082723

पोखरा । बसन्त थापा नेपाली लोक दोहोरी क्षेत्रमा एक सफल नाम हो । थापाको परिचय सङ्गीतकार र गीतकारको रूपमा स्थापित छ । उनै चर्चित लोक तथा दोहोरी गायकको नयाँ गीत सार्वजनिक भएको छ ।

मंगलबार सार्वजनिक भएको ‘मयाली’ गीतमा लय शब्द बसन्त थापाको रहेको छ भने स्वर बसन्त थापा र चर्चित गायिका देवी घर्तिको छ । गीतले यतिबेला सामाजिक सञ्जाल फेसबुक, रिल र टिकटकमा चर्चा कमाइरहेको छ ।

म्युजिक भिडियोलाई एकिन्द्र सरशंकरले निर्देशन गरेका छन् भने अमृत चापागाईंले सम्पादन गरेका हुन् । गायक थापाले आफैं भिडियोमा अभिनय गरेका छन् भने उनलाई मोडल लक्ष्मी थापा मगरले साथ दिएकी छन्। गीतको भिडियो बागलुङको ढोरपाटनमा खिचिएको हो।

निलो फेवाताल नामक एल्बमबाट आफनो सांगीतिक यात्रा प्रारम्भ गरेका थापाका ‘वारी घुम्टे पारी गाजा’, ‘बागलुङ बजारमा बाघको शालिक’, ‘एक्लो सीमल’, ‘सालको पातको टपरी’, ‘बोकेझार’ लगायत दर्जनौं गीत रुचाइएका छन् ।

लोकगीत र मौलिक संस्कृतिको उर्वरभूमि मानिने बागलुङको गलकोट नगरपालिका-७ मल्ममा वि.सं. २०४१ साल चैत १४ जन्मेका थापा प्राय: मौलिक गीत सिर्जना गर्न रुचाउँछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

रचित पौडेल

रचित पौडेल

पौडेल गण्डकन्यूजका संवाददाता हुन् ।

ट्रेन्डिङ


This will close in 4 seconds